सिरहा– आफ्नै आँगनबाट बेपत्ता भएका सिरहाको दुई वर्षीय बालकलाई ७२ घण्टापछि प्रहरीले भारतको मधुवनीबाट उद्धार गरेको छ । आफ्नै घरआँगनमा खेलिरहेका बेला गत मङ्गलबार साँझ बेपत्ता भएका सिरहा नगरपालिका १ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादवलाई भारताट उद्व गरिएको हो ।


ADVERTISEMENT


उद्वारपछि प्रहरीले बालकलाई अभिभाववको जिम्मा लगाएको छ ।


ADVERTISEMENT

# # #


बालक घरबाटै बेपत्ता भएको सूचना पाएर खोजतलासमा जुटेको जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले बिहीबार साँझ ७ बजे भारतको मधुवनी जिल्ला खाजेडी भन्ने गाउँबाट प्रियान्सुलाई उद्धार गरेको सिरहाका प्रहरी उपरीक्षक सुदीपराज भण्डारीले बताए । उनका जानकारी अनुसार, बालक प्रियान्सुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई गए राति नै आमा सङ्गीताकुमारीको जिम्मा लगाएको छ ।

बालक बेपत्तालगत्तै परिवारजनले प्रहरीलाई खबर गरेका थिए । परिवारजनले बालकको अपहरण भएको आशङ्का गरेका थिए । बालकको घरदेखि फेला परेको स्थानको दूरी करिब १८ किलोमिटर पर्छ । ‘हाम्रो पहिलो प्राथमिकता बालकलाई सकुशल पत्ता लगाउनु थियो जुन सफल भयो;, प्रहरी उपरीक्षक भण्डारी भन्छन्; ‘अब घटनाको अनुसन्धान गरी बालकको अपहरण गर्नेको खोजी गर्न केन्द्रित हुन्छौँ ।’

अपहरणकारी जोसुकै भए पनि खोजी गरी कानूनी दायरामा ल्याइने उनको भनाई छ । रासस