सप्तरी,
२१-असोज /  एक सातादेखि भारतमा थुनामा रहेका देवनारायण यादव र उनका छोरा अजय शनिबार रिहा भएका छन् ।


ADVERTISEMENT


विहार राज्यको सुपोल जिल्लास्थित अदालतको आदेशमा देवनारायण बाबुछोरा शनिबार साधारण तारेखमा रिहा भएका हुन् । उनीहरुविरुद्ध अपहरण मुद्दा लगाइएको थियो ।


ADVERTISEMENT

# # #


उनीहरु केहीबेरमा नेपाल आइपुग्ने सप्तरीका प्रहरी प्रमुख मुकेस सिंहले बताए ।

भारतकी ज्योती साहले केही महिनाअघि अजयसँग भागी विवाह गरेका थिए । त्यसबेला नै देवनारायण बाबुछोरासहित चार जनाविरुद्ध अपहरणको मुद्दा गरेको थियो ।

तर, दशैंको बेलामा सीमा पारी गरेको बेला अजयले भारतीय प्रहरीले पक्राउ गरेको थियो । छोरालाई छुटाउन गएका देवनारायणलाई पनि पक्राउ गरिएको थियो ।

बुहारी ज्योतिले अदालतमा इन्कारी बयान दिएपछि न्यायाधीशले रिहा गर्न आदेश दिएका थिए ।

गत वर्ष सप्तरीको तिलाठीमा भारतीय पक्षले बनाएको अबैध बाँध देवनारायणकै अगुवाईमा स्थानीयबासीप्ले भत्काएका थिए । त्यसक्रमा उनी घाइते पनि भएका थिए । त्यसको बदला लिन देवनारायणलाई पक्राउ गरेको बताइन्छ ।