काठमाडौँ – काठमाडौँको मुलपािनीमा निर्माणधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अझै नबनेकोमा आश्चर्य प्रकट गरेका छन् ।


ADVERTISEMENT


मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलकुदसँग प्रधानमन्त्री अन्तक्रिया कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले धेरै वर्ष बितिसक्दा पनि अझै नबनेको सुन्दा आफू छक्क परेको बताए । रंगशालाको निर्माण छिटै सम्पन्न हुने उनले दाबी गरे ।


ADVERTISEMENT

# # #


कार्यक्रममा सहभागीले मुलपानी रंगशाला कहिले बन्छ भनेर सोधेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले भने ‘अझै बनिसकेको छैन त्यो ? धेरै वर्ष भइसक्यो, अझै बनिसकेको छैन भन्दा छक्का लाग्यो मलाई । मैँले हेर्न पाएको छैन । त्यो छिटै सम्पन्न हुन्छ ।’

मैदानको बीचमा पर्ने जग्गाको समस्या समेत समाधान हुन नसक्दा मुलपानी क्रिकेट मैदान निर्माण सुरु भएको १७ वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन । मैदान निर्माण विसं २०६० पुसदेखि शुरु भएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रलाई उचाईंमा पुर्याउनका लागि सरकारले कुनै कन्जुस्याईं नगर्ने प्रतिवद्धता व्यक्त गरे । उनले खेलाडीहरुको छनोटमा कुनै पनि किसिमको विभद नगर्न निर्देशन दिँदै उनले खेल्दा पदक पाउन सक्ने गरी खेल्नुपर्ने बताए । उनले भने, ‘पदक पाउनेगरी खेल्नुपर्छ । रजत, कास्य हरुलाई दिनुपर्छ । स्वर्णजति हामीले ल्याउनु पर्छ । त्यही लक्ष्यका साथ हामी अघि बढ्नुपर्छ ।’

हारजीतको ठूलो महत्व रहेको भन्दै उनले नेपाल कहिल्यै नहारेको देश भएकाले खेल पनि जीतका खेल्न आग्रह गरे । ‘लडाइँमा नहार्ने देश यत्रा यत्रा (हातले इशारा गर्दै) डल्लासँग किन हार्नै ? खेल भन्या के हो ? एउटा भकुण्डो नै हान्ने त हो नि । किन हार्ने ? क्रिकेटमा एउटा वल हान्ने हो त्यसमा किन हार्ने ? सितेरियो, कराँते, कम्फु र भारत्तोलन, किन हार्ने ?’ उनले भने ।