काठमाडौँ – हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाईल बैंकिङ्ग सेवाबाट नेपाल सरकारको राजस्व भुक्तानी व्यवस्था सुचारु गरेको छ ।


ADVERTISEMENT


उक्त सेवाको सुरुवात सँगै बैंकका ग्राहकहरुले अब सरकारी कर तथा राजस्व हिमालयन बैंकको मोबाईल बैंकिङ्ग एप्सबाट सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले एनसीएचएलको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) मार्फत नै थप सेवाको रुपमा यसलाई विस्तार गरेको हो । यसरी मोबाईल बैंकिङ्गको एनपीआईमार्फत सरकारी भुक्तानी गर्ने व्यवस्था गर्ने हिमालयन बैंक पहिलो बैंक भएको छ ।


ADVERTISEMENT

# # #


बैंकले पहिले देखि नै आफ्नो मोबाईल बैंकिङ्ग च्यानलबाट कनेक्ट आइपीएस मार्फत रियल टाइम अन्लाईन फण्ड ट्रान्स्फर सेवा प्रदान गर्दै आएको छ । अब एनपीआई मार्फत मोबाईल बैंकिङ्गबाट थप गरिएको सरकारी भुक्तानीको सेवाले राजस्व संकलनको प्रकृयामा ग्राहक एवम् सरकारी पक्ष दुवैलाई सहज हुने विश्वास गरेको छ ।

ग्राहकहरुले सम्बन्धित राजस्वको इबीपी नम्बरका आधारमा कारोबार गर्न सक्नेछन् र सो कारोबार रकम ल्एक्ष् मार्फत सम्बन्धित राजस्व खातामा जम्मा हुनेछ । अब अनलाईन मार्फत सरकारी कर तथा राजस्व भुक्तानी कनेक्ट आइपीएसको मोबाइल बैंकिङ्ग एप्स सहित हिमालयन बैंकको मोबाईल बैंकिङ्ग एप्सबाट पनि गर्न सकिने छ ।

हिमालयन बैँकले ७० शाखाहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, १४६ एटीएम तथा ४२०० भन्दा बढी पीओएस टर्मिनलमार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।