काठमाडौँ – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाल सापकोटाले प्रधामन्त्री केपी ओलीको अध्यक्षतामा तीन सदस्यीय संवैधानिक परिषद्ले गरेका विभिन्न पदका लागि गरेका सिफारिसहरु गरेका फिर्ता गरिदिएका छन् ।


ADVERTISEMENT


आइतबार सभामुख सापकोटाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका विभिन्न संवैधानिक आयोगका प्रमुख तथा सदस्यहरुको संसदीय सुनुवाईका लागि आएका संसदीय सचिवालयमा पठाइएका कागपत्रहरु फिर्ता पठाइदिएका हुुन् । उनले हाललाई संसदीय सुनुवाई गर्न नसकिने अवस्था रहेको भन्दै फिर्ता पठाइदिएका हुन् ।


ADVERTISEMENT

# # #


उनले संवैधानिक परिषद्को सदस्य भएकाले आफूलाई जानकारी नै नदिई सिफारिस गरेको, अध्यादेश ल्याएर ऐन संशोधन गर्दै बैठक बसेको, संसदीय सुनुवाईका लागि संसद सचिवालयमा पठाउनु अघि नै प्रतिनिधिसभा विघटन गरेको र विगतमा पनि सिफरिस पठाइएको नजिरलाई आधार मानेर फिर्ता पठाइएको बताएका छन् ।

गत मंसिर ३० गतेको ६ सदस्यीय संवैधानिक परिषद्को बैठकमा सभामुख सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित रहेका थिए । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना मात्र सहभागी भएका थिए ।

बैठकपछि तिमल्सिनाले नियुक्ति सिफारिसबारे छलफल भएपनि कुनै निर्णय नभएको बताएका थिए । तर, पुस ५ गते प्रतिनिधिसभा विघटन भएपतिछ ती निर्णयहरु संसदीय सुनुवाईका लागि भन्दै संसद सचिवालयमा आएका थिए ।