कालीकोट– माघको जाडोयाममा पनि बाढीपीडित जङ्गलको बीचमा त्रिपाल टाँगेर बसोबास गर्न बाध्य छन् । गत असार १३ गते आएको बाढीपहिराबाट विस्थापित भएपछि नरहरिनाथ गाउँपालिकाका स्थानीय जाडो मौसममा पनि त्रिपाल टाँगेर जङ्गलबीचमा नै बसोबास गर्न बाध्य भएका हुन् ।


ADVERTISEMENT


गाउँपालिका वडा नं ४, ५ र ७ का २ सय ६ परिवारका कुल एक हजार १ सय २८ अहिले पनि जङ्गलमा त्रिपालको भरमा मात्रै जाडोयाम कटाउँदै आएका छन् । जङ्गलको बीचमा बस्नु पर्दा उनीहरुलाई खान र बस्नमा कठिनाई रहेको वडा नं ७ का धनबहादुर बटालाले जानकारी दिए।


ADVERTISEMENT

# # #


यस्तै, चिसो मौसममा त्रिपाल टाँगेर जङ्गलमा नै बस्दा यसो जोखिम बढिजसो, बालबच्चा र बुढाबुढीलाई रहेको भन्दै वडा नं ४ का नवराज बुढाले बाढीपहिरोका कारणले विस्थापित भएकाको पुनःस्थापनामा कसैको ध्यान नगएको बताए ।

यसैगरि, चिसो मौसममा जङ्गलमा परिवारका साथ बस्दै आएका स्थानीयवासी धनसरा बुढाले पनि आफूहरुको पुनःस्थापनका लागि सम्बन्धित निकायबाट कुनै पनि पहल नभएकोप्रति दुखेसो व्यक्त गेका छन् । उनले भने; ‘हामी बिचल्ली भएर जङ्गलको बीचमा बस्दै आएका छौं । तर, पनि पुनःस्थापना र बस्ती बसाल्ने कुरामा कसैले ध्यान दिएको छैन ।’

जिल्ला नापी कार्यालयका अमिन पुनम विश्वकर्माले भने, गाउँपालिका बाढीपीडितको घर रहेको गाउँ नै जोखिममा रहेको कारणले सम्भावित बस्ती बसाल्नका लागि प्रारम्भिक अध्यायन गरिएको बताएका छन् । ‘‘बस्ती बसाल्नका हामीले जग्गाका अवस्थाका विषयमा प्रारम्भिक अध्यायन गरेका छौँ; उनले भने । उनका अनुसार, हाल पूरै बस्ती बसाल्नका लागि कुल ८३ हजार ५ सय २० वर्गमिटर अर्थात् ८.३५२० हेक्टर जमीन आवश्यक पर्छ ।’

यता, गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढाले पनि बाढीपीडितलाई शुरुको अवस्थामा केही राहत दिइएको र अहिले बस्ती बसाल्नका लागि पहल थालिएको जानकारी दिए । ‘बस्ती बसाल्न आवास निर्माणका लागि सङ्घ, र प्रदेश सरकारसँग आग्रह गरिएको छ; उनले बताए ।

तर, बस्ती निर्माणका लागि प्रदेश सरकारले रु. एक करोड ७० लाख दिने भनिए पनि अहिलेसम्म उक्त रकम नआएको बताउँदै उनले भने; ‘सङ्घीय सरकारले दिने भनेको राहत पनि आएको छैन ।’

बाढीपहिरोका कारण गाउँपालिकामा १६ जनाले ज्यान गुमाएका थिए भने २ सय ६ घरपरिवार विस्थापित भएका छन् । रासस