काठमाडौँ – एभरेष्ट बैंक लिमिटेडले जाडो मौसममा विश्वको दोस्रो सर्वोच्च शिखर ‘केटू’ हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका निर्मल पूर्जाको टिमलाई सम्मान गरेको छ ।


ADVERTISEMENT


बैँकले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै इतिहासमै पहिलो पटक हिउँदमा ८ हजार ६११ मिटर अग्लो ‘केटू’को चुचुरोमा पुग्ने टोलीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा आरोही टिमका प्रमुख निर्मल पुर्जा मगर सहित मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पा रहेका छन् ।


ADVERTISEMENT

# # #


उक्त पर्वतारोहण टोली मध्यका मिङ्ग्मा डेविड शेर्पा एभरेष्ट बैंक का ‘ब्राण्ड फेस’को रूपमा आबद्ध हुँदै आएका छन् । नेपाली आरोही समूह यही माघ ३ शनिबार राति १ बजे केटूको शिखरमा पुगेको थियो ।

विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथापछि विश्वकै अग्लो केटू आरोहणका लागि निकै अफ्ठेरो हिमाल हो । जाडोयाममा अहिलेसम्म कसैले पनि आरोहण गर्न सकेका थिएनन् ।