काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदृव गौतमले जीवनको अन्तिम समयसम्म पनि आफू नेकपाको एकताका लागि लागिरहने बताएका छन् ।


ADVERTISEMENT


बुधबार नेकपा एकता अभियानको घोषणा गर्दै नेता गौतमले आफू कुनै पनि गुटमा नलागेर नेकपामा अलग्गिएका दुई ओली र प्रचण्ड समूहलाई एक ठाउँमा ल्याएरै छाड्ने वचनवद्धता गरे । उनले भने, ‘म ६८ वर्षसम्म थाकिँन । अब कति बाँच्ने हो ठेगान छैन । तर, जतिदिन खुईवटा खुट्टाले उभिन सक्छु, त्यसबेलासम्म थाक्दिँन । म लागिरहन्छु ।’ उनले भने, ‘पार्टी निर्माणमा लाग्छु, आन्दोलन विकासमा लाग्छु र समाजवाद निर्माणमा लाग्छु । त्यही भएर मैँले यो संकल्प गरेको छु ।’


ADVERTISEMENT

# # #


उनले कतिपयले बाहिर जे भने पनि वामदेव भित्रभित्र जसले पार्टी अध्यक्ष बनाउँछ त्यतैतिर लाग्छ भन्ने गरेको कुरामा सत्यता नरहेको बताउँदै उनले भने, ‘मलाई एक पटक कम्रेड केपी ओलीले तपाईं आउनुहोस्, पार्टीमा आउनुहोस् भन्नु भयो । मैँले उहाँलाई भने–यदि तपाईंले अध्यक्ष पद छोड्नुहुन्छ भने र तपाईं वरिष्ठ नेता भएर प्रधानमन्त्री बन्नुहोस् र म अध्यक्ष भएर पार्टी सञ्चालन गर्छु र पार्टी एकता गर्ने एउटा कार्यदल बनाउने र त्यसको प्रमुख पनि म नै हुनुपर्छ, तपाईंले कुनै बाधा गर्न पाइन्न । त्यसो भए म आउँछु भनेँ । त्यसैलाई गलत प्रचार गरियो ।’

नेकपा एकताको सबैभन्दा महत्वपूर्ण पक्ष आलोपालो नेतृत्व गर्ने नै रहेको स्वीकार गर्दै नेता गौमले प्रचण्डले उक्त पक्ष ओलीका लागि छोडिदिँदा नै नेकपा विभाजन हुन पुगेको दाबी गरे । उनले भने, ‘आलोपालोको प्रस्ताव नल्याउँदासम्म पार्टी एकता नै भएन । दुई नेताले आधा–आधा समय प्रधानमन्त्री चलाउने कुरा जुन दिनमा प्रचण्डले छोडिदिनुभयो, त्यहीँबाट एकता कमजोर हुँदै गयो । अन्तिमसमयसम्म पनि पार्टी एकताका लागि ओलीले आलोपालो लागू गरौँ भन्नुपर्थ्यो । तर, उहाँले त्यसो गर्नुभएन । बिउ त्यहीबाट रोपियो ।’

आफ्नो भित्रि धारणा पार्टी एकता गराउन सकिन्छ भन्ने भएकाले प्रतिनिधिसभा पुनर्स्थापना भइदिए हुन्थ्यो भन्ने रहेको उनले बताए । यद्दपी उनले संविधानले नै सर्वोच्चको निर्णय नै अन्तिम रहने व्यवस्था गरेकाले संवैधानिक इजलासले गरेको निर्णय स्वीकार्य हुने बताए ।