काठमाडौं,
१०-असोज /  उपभोक्तालाई ठगेको आरोपमा २० दिनअघि सिल गरिएका दरबारमार्गका विभिन्न व्यवसायिक फर्मलाई बिनाकारबाही छाडिएको भन्दै उपभोक्तावादीले विरोध जनाएका छन् ।


ADVERTISEMENT


मन्त्री र उनीनिकट व्यक्तिले चलखेल गरेर व्यावसायिक फर्मलाई उन्मुक्ति दिएको उनीहरुको आरोप छ । आपूर्तिमन्त्री शिवकुमार मण्डल र आपूर्ति व्यवस्था विभागका महानिर्देशक कुमार दाहालको टोलीले २० दिनअघि अनुगमन गर्दा उपभोक्तालाई ठगी गरेको पाइएपछि ती फर्ममाथि सिल गरिएको थियो ।


ADVERTISEMENT

# # #


 

मन्त्री मण्डलले ती फर्मलाई सिल गर्दै कालोबजारी ऐनअनुसार कारबाही गर्ने प्रतिवद्धता जनाए पनि कारबाहीबिनै सोमबारदेखि सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
स्रोत : अन्नपूर्ण पोस्ट दैनिक