काठमाडौँ – सरकारले आज बिहाना १० बजेदेखि कोरोना खोप लगाउन शुरु गर्ने तयारी गरेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले भच्र्युल माध्यमबाट खोप अभियान शुभारम्भ गर्नेछन् । यद्यपि, प्रधानमन्त्री ओली स्वयं भने खोप लगाउनेछैनन् ।


ADVERTISEMENT

# # #


स्वास्थ्य मन्त्रालयकाअनुसार देशभरका १२० वटा खोप केन्द्रबाट खोप लगाउन शुरु गरिनेछ । मन्त्रालयले एकैसाथ ३ सय वटा केन्द्रबाट खोप लगाउन शुरु गर्ने तयारी गरेपनि केन्द्र तयार हुन नसकेपछि बाँकी २८० वटा केन्द्र आइतवारबाट मात्र शुरु गर्नेछ ।

नेपालललाई माघ ८ गते भारतले १० लाख डोज कोरोनाविरुद्धको खोप सहयोग हस्तान्तरण गरेको थियो। आजदेखि लगाउन शुरु गर्न लागिएको उक्त खोप भारतको सिरम इन्स्टिच्युटले अक्सफोर्ड एस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको खोप हो ।

पहिलो चरणमा सरकारले ४ लाख ३० हजारलाई खोप लगाउने छ । पहिलो चरणको खोप अभियान १० दिनससम्म चल्नेछ भने आगामी शुक्रवारभित्रै दोस्रो चरणका लागि सरकारले भारतबाट कोभिडशिल्ड खोप ल्याउने तयारी अघि बढाएको छ । दोस्रो चरणको खोप सरकारले फागुन अन्तिम सातादेखि लगाउने शुरु गरेको छ ।

कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएपनि सरकार खोपबाट हुने क्षतिको भने जिम्मेवार हुनेछैन । मन्त्रालकाअनुसार खोप लगाउने व्यक्ति स्वयं नै खोपबाट हुने समस्याको जिम्मेवार हुनुपर्नेछ । यसका लागि मन्त्रालयले पहिले नै खोपबाट हुने समस्याको जिम्मेवार व्यक्ति स्वयं आफै भएको कार्डमा हस्ताक्षर लिनेछ ।

मन्त्रालयले वितरण गरेको खोप कार्डमा लेखिएको छ, ‘खोप मैले राजी खुशीका साथ लिएको छु र पछि कुनै भवितव्य परी केही भएमा कोही कसैलाई दोष नदिई म स्वयं जिम्मेवार हुनेछु ।’