काठमाडौँ – नेपाली क्रिकेट टोलीले कतारको राष्ट्रिय टिमसँग टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ । आगामी फेब्रुअरी ९ देखि १२ सम्म हुने ‘कतार स्पोर्टस डे’को अवसरमा कतार क्रिकेट एशोसिएसनको आयोजनामा उक्त सिरिज कतारमा हुनेछ ।


ADVERTISEMENT


कतार क्रिकेट एशोसिएसनले द्विपक्षीय सिरिजका लागि गरेको निमन्त्रणालाई नेपाल क्रिकेट संघ (क्यान)को मंगलबार बसेको बोर्ड बैठकले स्वीकार गरेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


यससँगै कोरोना भाइरसका कारण एकवर्षदेखि मैदान बाहिर रहँदै आएको नेपाली क्रिकेट टोलीलाई अन्ततः राष्ट्रिय जर्सीमा मैदानमा देखिने पक्का भएको हो ।

आजै बसेको क्यानको बोर्ड बैठकले उक्त सिरिजका लागि फेब्रुअरी १ देखि राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु गर्ने निर्णय गरेको छ ।