काठमाडौँ – विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोहीलाई सरकारले विशेष सम्मान गरेको छ ।


ADVERTISEMENT


मंगलबार पर्यटन मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटार आयोजना गरेको कार्यक्रममा गर्दै प्रधानमन्त्री केपी शर्माओलीले आरोहण गरेर मंगलबार मात्रै नेपाल आइपुगेको नेपाली टोलीलाईलाई सम्मान गरेका हुन् ।


ADVERTISEMENT

# # #


सो अवसरमा प्रधानमन्त्री ओलीले ओरोही दललाई बधाई दिँदै आगामी दिनमा पर्वतारोहीहरुलाई सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । सम्मान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहित १० नेपाली आरोही समूहले माघ ३ शनिबार केटूको शिखरमा पुगेर आरोहणमा कीर्तिमान कायम गरेका थिए ।

उनीहरु पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो आठ हजार ६११ मिटर अग्लो केटू हिमालमा जाडोयाममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका छन् । आरोहणमा पुर्जालाई मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाको आरोही टोलीले सघाएको थियो ।

केटूको चुचुरोमा नेपालको राष्ट्रिय गानका साथ नेपाली झण्डा फहराएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । जाडोयाममा अहिलेसम्म कसैले पनि केटूमा आरोहण गर्न सकेका थिएनन् ।

जाडोयाममा माइनस ८० डिग्रीको तापक्रम र १०० माइल प्रतिघण्टाको वायु गतिजस्ता प्रतिकूल अवस्थामा समेत आरोहण रच्ने नेपाली आरोहीको सफलताले विश्वभर चर्चा पाएको छ । विश्वभरका पर्वतारोहीले केटु हिमाललाई किलर हिमालको रूपमा समेत चर्चा गर्ने गरेका छन् । केटू हिमालमा अहिलेसम्म जम्मा ३६७ सफल आरोहण भएका छन् भने आरोहणको प्रयासमा ८६ जनाले ज्यानसमेत गुमाइसकेको जनाइन्छ ।

तस्बिरहरु : प्रधानमन्त्रीको सचिवालय