काठमाडौैँ – काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) समूह ‘ए’को विजेता हुँदै समेमिफाइनल प्रवेश गरेको छ ।


ADVERTISEMENT


सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ६ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङ थालेको एपीएफले निर्धातिर ५० ओभरमा २४० रन बनायो । २४१ रनको चुनौति पच्छ्याउँदै मैदान उत्रिएको आर्मी निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३४ रनमै समेटियो ।


ADVERTISEMENT

# # #


आर्मीका लागि अनिल मण्डलले सर्वाधिक ४५ रन प्रहार गरे । यस्तै राजेश पुलामी ३३, रोहित पौडेल ३०, विक्रम सोब २८ र लोकश बमले २१ रन बनाउँदा साहब आलम र आकाश चन्दले क्रमशः नटआउट २० र १६ रन बनाए ।

एपीएफका कमल सिंह ऐरीले ३ विकेट लिए भने भुवन कार्कीले २ तथा अभिनास बोहराका नाममा १ विकेट रह्यो ।

यसअघि एपीएफका लागि सुमित महर्जनले सर्वाधिक ४६ रन बनाए । यस्तै सुवाश खकुरेल ३८, सन्दीप जोरा २८, अमर रौटेला २६, कप्तान शरद भेषवकर २४ रनमा आउट भए भने वसन्त रेग्मीले २० रन जोडे ।

आर्मीका लागि हरि चौहानले ५ विकेट चट्काए । यस्तै साहब आलमले २ तथा आकाश चन्द, विक्रम सोब र सुसन भारीका नाममा १–१ विकेट रह्यो ।

यस्तै आजै भएको समूह ‘बी’ अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदेश नं. २ लाई ४ विकेटले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर प्रदेश २ ले छाडेको १७० रनको चुनौति पुलिसले ३८ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । पुलिसका लागि अनिल शाहले नटआउट ४७, कुशल भुर्तेलले ४३, दीपेन्द्र सिंह ऐरीले १७, सुनिल धमलाले १३ र मन्जित श्रेष्ठले १२ रन बनाए ।

प्रदेश २ का लागि विवेक यादव र कुमार थापाले समान ३–३ विकेट लिए । यसअघि प्रदेश २ का लागि हरिशंकर शाहले ५२ रन हाने । हिमांशु दत्तले १६, आदिल अन्सारीले १५, सुरज कुर्मीले १३, रवि सिंह र विशाल कुर्मीले समान १२–१२ रन बनाए ।