काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्माओलीले संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।


ADVERTISEMENT


सोमबार एक विज्ञप्ती जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहिको नैसर्गिक अधिकार रहेको र त्यसविरुद्ध आएको प्रधानमन्त्रीको अभिव्यक्ति नै अलोकतान्त्रिक भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेको अधिनायक आकांक्षालाई थप उजागर गरेको छ ।’ उनले भनेका छन्, ‘कुनै पनि रंग र स्वरुपको अधिनायकवाद विरुद्ध संघर्षमा उभिनु चैं देशभक्तहरुको जिम्मेवारी, कर्तव्य र पहिचान हो भन्नेमा नेपाली कांग्रेस प्रष्ट छ ।’

प्रवक्ता शर्माले सर्वोच्च अदालतमा भईरहेको बहसलाई ‘तमासा’ को संज्ञा दिने प्रधामन्त्री ओलीको भनाई अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न समेत रहेको कांग्रेसको ठहर छ । यस्तै प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा बहसका लागि गएका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीप्रतिको प्रधानमन्त्री ओलीको अभिव्यक्ति सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान रहेको कांग्रेसले जनाएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्व प्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट हो ।’

प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउंदै लगेको कांग्रेसको बुझाई छ । ‘आफ्फ्नो कदम विरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्म मार्फत उहाँले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहनु भएको छ ।’ प्रवक्ता शर्माले भनेका छन्, ‘उहाँको यो प्रवृत्ति दुःखद मात्रै होईन, लज्जास्पद पनि छ ।’