काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्दै आएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्माओलीले कुनै पनि हालतमा निर्वाचन नगर्ने ठोकुवा गरेका छन् ।


ADVERTISEMENT


सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओलीको चाहना संकटकाल लगाएर भए पनि ओली सत्तामा रहिरने भएको जिकिर गर्दै चुनाव हुन्छ भन्ने भ्रममा नपर्न आग्रह गरे । ‘केपी ओलीको चुनाव गराउने चाहना छैन । तीन महिनामा चुनाव गरेर उहाँ बालकोट जानुहुन्छ ?’ उनले प्रश्न गर्दै भने, ‘यो पाँच वर्ष बस्छु, अर्को पाँच वर्ष पनि बस्न संकटकाल लगाएर भए पनि, तानाशाही लादेर भए पनि सत्तामा टाँसिएर बस्छु भन्ने उनको चाहना हो ।’


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने कुनै अधिकार नभएको भन्दै उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे । ४५ सदस्यीय स्थायी कमिटीमा आफूहरुसँग बहुमत रहेको दाबी गर्दै नेपालले केपी ओलीको पार्टी धूलो छाप पार्टी भएको टिप्पणी गरे ।

केपी ओलीलाई पार्टी केन्द्रीय कमिटिले नै अध्यक्ष पदबाट निकालिसकेको नेपालले जानकारी गराए । केन्द्रीय किमिटिबाट निर्णय गरेर हटाउने अधिकार रहेको भन्दैं उनले केपी ओलीलाई अनुशासनको कारबाही गरेको बताए।