काठमाडौँ – कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले प्रधानमन्त्री केपी शर्माओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरेको छ ।


ADVERTISEMENT


आइतबार एक विज्ञप्ती जारी गर्दै बार एशोसिएसनले कानव्यवसायी र वरिष्ठतम अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर दिएको प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति खेल व्यक्त गर्दै सार्वजनिक रुपमा माफी माग्न आग्रह गरेको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले गत माघ ९ गते (शुक्रबार) आफू निकट कर्मचारीहरूको भेलामा प्रतिनिधिसभा विघटनविरुद्ध भइरहेको सुनुवाईलाई ‘तमासा’को संज्ञा दिँदै ९४ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीलाई ‘वकिल बाजे’ भनेका थिए । सम्बोधनका क्रममा उनले भनेका थिए, ‘वकिलले कुरा फिटेका फिट्यै छन् । केही वकिलले एकजना बाजे वकिललाई लिएर गएछन् त्यहाँ तमासा हेर्न ।’

प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संविधान, कानुन र प्रधानमन्त्री स्वयम्को पदीय मर्यादा अनुकुल नरहेको बारले ठहर गरेको छ । ‘उक्त अभिव्यक्ति संविधान, कानुन र सम्माननीय प्रधानमन्त्री स्वयंको पदीय मर्यादा, आचरण अनुकूल छैन । साथै उक्त अभिव्यक्ति हाम्रा वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीज्यू र समग्र कानुन व्यवसायी कै विरुद्ध मात्र नभएर अदालतकै मानहानी र अवहेलनाजन्य हो’, विज्ञप्तिमा भनिएको छ ।

फेरि यस्ता अभिव्यक्तिहरु नदोहोर्‍याउन र दोहोर्‍याएमा सशक्त विरोधका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने बारले चेतावनी दिएको छ ।