काठमाडौं । प्रा. डा. गोविन्द केसीले उपचारका क्रममा बिरामीको मृत्यु भएमा चिकित्सकबाटै क्षतिपूर्ति भराउने आशयको सरकारी निर्णयलाई दुर्भाग्यपूर्ण भनेका छन् । यसबाट उनी सरकारसंग रुष्ट बनेका छन् ।


ADVERTISEMENT


यसको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द आह्वान गरेर आन्दोलन गरिरहेको छ ।


ADVERTISEMENT

# # #


डा. केसीले चिकित्सक संघले अघि सारेको चिकित्सकहरुको दीर्घकालीन हित हुने माग पूरा गर्न माग गरेका छन्

चिकित्सक संघको विरोधपछि प्रधानमन्त्री कार्यालयले बिरामीको मृत्यु भएमा चिकित्सकबाटै क्षतिपूर्ति भराउने निर्णय भइनसकेको स्पष्टीकरण दिएको छ ।