कोहलपुर । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश र केन्द्रीय निर्वाचनमा माओवादीले ०७४ सालकै नतिजा फर्काउने बताएका छन् ।


ADVERTISEMENT


शान्ति प्रक्रियायता विभिन्न अभ्यासका लागि माओवादी घटकहरु विपरित ध्रुवमा बिभाजित भएपनि पछिल्लो समय केन्द्रिकृत हुने क्रम बढेको भन्दै प्रचण्डले यस्तो बताएका हुन् ।


ADVERTISEMENT

# # #


पार्टी टुटफुट भएकै कारण जनयुद्ध तथा जनआन्दोलनबाट प्राप्त उपलब्धी गुम्ने खतरा बढ्दै गइरहेको भन्दै प्रचण्डले सबै माओवादी घटकहरु एकैठाउँमा ध्रुविकरण हुने र कालान्तरमा वैद्य, विप्लव र बाबुराम लगायत अन्य नेतृत्व पनि माओवादीकै आन्दोलनमा समाहित हुन आउने खुलासा गरे ।

बिभिन्न पार्टीबाट माओवादीमा समाहित हुन आएका नेता कार्यकर्तालाई स्वागत गर्दै गर्दा प्रचण्ड निकै नै भावुक समेत भएका थिए ।
उनले १० वर्षभित्र देशमा साम्यवाद ल्याईछोड्ने समेत उद्घोष गरे ।