काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ गतेदेखि कोरोनाविरुद्दको खोप लगाउन शुरु गरिने बताएका छन् ।


ADVERTISEMENT


नेपाल सशस्त्र प्रहरीको २० औं स्थापना दिवसमा सम्बोधन गर्दै प्रधानमन्त्रीले पहिलो चरणमा कोरोना भाइरस नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, सफाइकर्मी, सुरक्षाकर्मीहरुलाई खोप लगाउने पहिलो लक्षित समुहमा राखेर खोप लगाउने तयारी अघि बढाइएको बताए ।


ADVERTISEMENT

# # #


भारतको सीरम इन्स्टिच्युटले अक्सफोर्ड एस्ट्राजेनेकासँग मिलेर उत्पादन गरेको कोरोनाविरुद्धको कोभिडसिल्ड खोप भारत सरकारले अनुदानमा उपलब्ध गराएको थियो । भारतले सोमवार मात्र आफूले उत्पादन गरेको खोप बिहीवारदेखि छिमेकी मुलुकमा पठाउने निर्णय गरेकोमा सोहीअनुसार १० लाख डोज खोप अनुदानस्वरुप नेपाल पठाइएको थियो ।

बिहीवार बिहाना एयर इन्डियाको विमानबाट नेपाल आइपुगपछि खोप त्रिभुवन विमानस्थलबाट सोझै टेकू अस्पतालको केन्द्रिय खोप भण्डारणमा लगेर गरिएको थियो । खोप व्यवस्थापन महाशाखाले खोप लगाउनका लागि स्वास्थ्यकर्मीलाई प्रशिक्षण गरिरहेको छ । आगामी सोमवारसम्म सबै प्रदेशमा खोप पठाउने तयारी अघि बढाइएको महाशाखाले बताएको छ ।