काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले अब प्रधानमन्त्री केपी ओलीसँग कुनै पनि हालतमा नझुक्ने बताएका छन् ।


ADVERTISEMENT


प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार भृकुटीमण्डपमा आयोजित विरोधसभामा अध्यक्ष नेपालले कम्युनिस्ट पार्टी सदस्य बन्न योग्य नरहेको र ओलीले असंवैधानिक तबरले कदम चालेकाले उनीहरुसँग मिलेर जान नसकिने प्रस्ट पारे ।


ADVERTISEMENT

# # #


ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी किन निष्कासन नगर्ने भन्ने स्पष्टिकरणको जवाफ नआएको बताउँदै उनले भने, ‘एउटा कुरा कसैले भ्रममा नराख्नु होस् । फेरि केपी ओलीसँग यो नेकपाले झुक्ने कुनै काम गर्ने छैन । अब फेरि सँगसँगै जाने स्थिति बन्ला भनेर कसैले भ्रम नपाले हुन्छ ।’

आफू भर्खर सुर्खेतको सभाबाट फर्किएको बताउँदै उनले अघि थपे, ‘कतै चिठी आइहाल्यो कि ? सुध्रेको कुनै कागज आएको छ कि ? गल्ती गरेको स्वीकार गरेका छन् कि ? कतै माफी मागेका छन् कि ? कतै प्रतिनिधिसभा विघटन गर्नु गलत हो, त्यो पुनःस्थापना गर्न म पनि जुलुसमा हुन्छु भन्छन् कि ? मान्छेले गल्ती गर्छन् अपराध गर्छन् । अनि समयमा सच्चिन्छन् भने केही समय जेलमा राखेर फेरि निकालौंला । केही फरक पर्दैन । हैन भने सुरुमै माफी दिउँला । केही फरक पर्दैन ।’

नेता नेपालले ओली हिटलरको नेपाली रूप भएको आरोप लगाए ।