नेपाल– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई) तर्फ प्रस्थान गरेका छन् । टी–१० लिग क्रिकेटका लागि उनीहरु बिहीबार साँझ युएई प्रस्थान गरेका हुन्।


ADVERTISEMENT


पूर्वकप्तान खड्का टी–१० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहने जानकारी प्राप्त भएको छ । यस्तै, मल्लले आबुधाबी टोली र केसीले पुने डेभिल्स टोलीको तर्फबाट भिड्दैछन् । टी–१० लिग खेल्न नेपालका अर्का खेलाडी सोमपाल कामी यसअघि नै युएई गई सकेका छन् । उनले त्यहाँ अरेबियन्स टोलीबाट प्रतिनिधित्व गर्नेछन्।


ADVERTISEMENT

# # #


टी–१० लिगका कारण खड्काबाहेक तीन जनाले हाल जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगितामा सहभागिता जनाएका थिएनन् । जसमा खड्का भने एक खेलमा सहभागि भउका थिए । टी–१० लिग यही माघ १५ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।