काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा बाग्मती प्रदेशका कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले तोकिएको समयमा निर्वाचन भए कांग्रेस त्यसका लागि तयार रहेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेसले आयोजना गरेको सभालाई सम्बोधन गर्दै नेता बानियाँले संसद पुनर्स्थापना नेपाली कांग्रेसको पहिलो माग रहेको र पुनर्स्थापना नभई निर्वाचनको सुनिश्चिता भएमा त्यसका लागि पनि पार्टी तयार रहेको उनले बताएका छन् ।


ADVERTISEMENT

# # #


संविधानमा संसद भंग गरेर निर्वाचन गर्न नपाइने उल्लेख गरिएको बताउँदै नेता बानियाँले प्रधानमन्त्रीबाट भएको संसद विघटनको कदम जनतालाई दुखको भारी मात्रै भएको उल्लेख गरे ।

भिडियो हेर्नुहोस् :