काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपमा अग्रणी भूमिका खेलिरहेको भारतीय कम्पनी सीरम इन्स्टीच्यूट इण्डियाको प्लान्टमा आगलागी भएको छ ।
इन्स्टीच्यूडको पुणे प्लान्टको टर्मिनल नं. १ गेट नजिकैको भवनमा चौथो र पाँचौँ तल्लामा आगलागी भएको बीबीसी हिन्दीले जनाएको छ ।


ADVERTISEMENT


सीरम इन्स्टीच्यूडले कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ बनाइरहेको छ । यो कोरोना विरुद्ध विश्वकै सबैभन्दा धेरै खोप बनाउने कम्पनी हो । भारतमात्रै होइन, विभिन्न देशले यही कम्पनीमाथि आशा गरेका छन् ।


ADVERTISEMENT

# # #


यही कम्पनीले बनाएका कोरोनाविरुद्धका १० लखा डोज खोप बिहीबार मात्रै भारतले नेपाललाई अनुदान स्वरुप उपलब्ध गराएको थियो ।

बीबीसीका अनुसार आगलागी नियन्त्रणका लागि १० वटा दमकललाई खटाइएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । क्षति कति भयो भन्ने जानकारी नआए पनि यसले कोरोना भाइरस उत्पादनमा भने कुनै असर नगर्ने बताईको छ ।