काठमाडौँ – काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ । पुलिसले बिहीबार लुम्बिनी प्रदेशलाई ७४ रनले पराजित गरेको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३१० रन बनायो । ३११ रनको विशाल लक्ष्य पच्छ्याउँदै मैदान प्रवेश गरेको लुम्बिनी प्रदेश ५० ओभरमा ७ विकेट गुमाउँदै २३६ रनमै समेटियो । लुम्बिनीका लागि सौरभ खनालले अर्धशतकीय पारी खेले । उनले ६० बलमा ६ चौका र ५ छक्काको मदतमा ७४ रन बनाए ।


ADVERTISEMENT

# # #


यस्तै देव खनालले ७१ बलमा ४९ रन बनाउँदा सन्दीप रजाली र कप्तान कृष्ण कार्कीले समान ४०–४० रन जोडे । राजवीर सिंहले २४ रन प्रहार गरे । पुलिसका राशिद खान र पवन सर्राफले २–२ विकेट लिए भने ललित राजवंशी, सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले समान १–१ विकेट हात पारे ।

यसअघि पुलिसका सुनिल धमलाले प्रतियोगितामा व्यक्तिगत पशिलो शतक प्रहार गरे । उनले १४५ बलमा ७ चौका र १ छक्का प्रहार गरे । त्यसक्रममा उनले कुशल भुर्तेलसँग पहिलो विकेटका लागि २७ रनको साझेदारी गरे । कुशल व्यक्तिगत ६ रनमा आउट भएपछि अमित श्रेष्ठसँग उनले ५७ रनको सभाmेदारी गरे । दोस्रो विकेटका रुपमा अमित व्यक्तिगत २८ रनमा आउट भए । तेस्रो विकेट रुपमा आउट हुनुअघि सुनिलले दीपेन्द्र सिंह ऐरीसँग मिलेर १२९ रनको साझेदारी गर्दै पुलिसका लागि विशाल योगफलको आधार तय गरे ।

दीपेन्द्रले ६१ बत्रलमा ८५ रनको शानदार पारी खेले । त्यसक्रममा उनले ६ छक्का र १ चौका प्रहार गरे । त्यसपछि आएका आरिफ शेख र पवन सर्राफले आक्रामक ब्याटिङ गरे । उनीहरुले १६ बलमा ५६ रनको साझेदारी गरेर पुलिसलाई ३ सय रनको सीमा पार गराए ।

त्यसक्रममा पवनले १३ बलमा नै ५० रन पूरा गरे । उनले प्रधानमन्त्री कप इतिहासकै सबैभन्दा चाँडो अर्धशतकको कीर्तिमान बनाए । जसक्रममा उनले १ चौका र ६ छक्का ठोके । इनिङको अन्तिम ओभरमा उनले सौरभ खनालाई ४ छक्का प्रहार गरे । यस्तै आरिफ शेखले १४ बलमा २ चौका र २ छक्काको मदतमा २९ रन बनाए ।