काठमाडौँ – नेपाली क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक डेभ वाटमोरले आफू नेपाली क्रिकेटका नयाँ चुनौतिका लागि तयार भएको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी औपचारिक रुपमा सम्हालेका प्रशिक्षक वाटमोरले नेपाल आउन पाँदा खुसी मात्रै व्यक्त गरेनन्, नेपाली क्रिकेटलाई नयाँ उचाईंमा पुर्‍याउन उत्साहित भएको समेत बताए । उनले भने, ‘यो एउटा चुनौति हो, जसले मलाई जहिल्यै उत्साहित बनाउँछ ।’


ADVERTISEMENT

# # #


उनले नेपालले पाएको एकदिवसीय मान्यतालाई जोगाउने आफ्नो पहिलो प्राथमिकता हुने बताए । ‘नेपाललाई अहिले एकदिवसीय मान्यता छ। त्यसलाई रिटेन गर्ने आसा छ। हामी वरीयतामा पनि सुधार गर्नका लागि तयार छौं,’ उनले भने ।

विश्वकप छनोटअन्तर्गत प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गर्दै नेपालले १५ मार्च २०१८ मा चार वर्षका लागि वान–डे अन्तर्राष्ट्रियको मान्यता पाएको थियो । जुन २०२३ को मार्चसम्म रहनेछ ।

नेपाल क्रिकेट संघ (क्यान)ले क्यानले वाटमोरलाई जनावरी १ देखि लागू हुने गरी प्रशिक्षकमा नियुक्त गरेको थियो ।

को हुन् वाटमोर ?

श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्व क्रिकेटर हुन्। १९८८-८९ मा खेलाडी जीवनबाट सन्यास लिएका उनी त्यसपछि प्रशिक्षणतिर लागे ।

६ वर्षीय वाटमोरसँग आइसिसीको स्थायी सदस्यका टिमलाई प्रशिक्षण गराएको अनुभव छ। श्रीलंकाले १९९६ मा विश्वकप जित्दा वाटमोर प्रशिक्षक थिए । श्रीलंकालाई विश्वच्याम्पियन बनाएपछि उनी इंग्लिस काउन्टी क्रिकेट टिम लंकाशायर पुगे । उनले दुई राष्ट्रिय लिग र नेटवेस्ट ट्रफी जिताए ।

उनी सन् २००३ देखि २००७ सम्म बंगलादेशको प्रशिक्षक थिए। त्यसपछि उनी भारतको यु-१९ टिमको प्रशिक्षक रहे। वाटमोरले सन् २०१० र २०११ को सिजनमा आइपिएल टिम कोलकता नाइट राइडर्सको प्रशिक्षण सम्हालेका थिए । त्यसपछि वाटमोर २०१२ देखि २०१४ सम्म पाकिस्तानको प्रशिक्षक बने।

पछिल्लो समय वाटमोर सिंगापुरको मुख्य प्रशिक्षक थिए ।