थाइल्याण्डमा हरेक वर्ष मिस कण्डम प्रतियोगिताको आयोजना हुन्छ । यो प्रतियोगिता जति रोचक छ, उति विवादित पनि छ ।


ADVERTISEMENT


कण्डम सुन्दरी प्रतियोगितामा के गर्छन् त सुन्दरीहरुले ? वास्तवमा त्यहाँ सुन्दरीहरुले बेलुन जस्तै गरेर कण्डम फुलाउँछन् । कण्डम फुलाउने प्रतियोगिता नै हुन्छ ।


ADVERTISEMENT

# # #


प्रतियोगिताको उद्देश्य थाइल्याण्डमा सुरक्षित सेक्ससँगै यौन संक्रामक रोगप्रति जागरुकता फैलाउनु हो ।

यद्यपि उक्त प्रतियोगिताको र्याली नै निकालेर विरोध हुने गरेको छ । तर पनि हरेक वर्ष प्रतियोगिता हुन्छ ।

प्रतियोगितामा थाइल्याण्डका मात्र होइन, अन्य विभिन्न देशका प्रतियोगी युवतीहरुले भाग लिन्छन् ।

यो प्रतियोगिताभन्दा अगाडि विभिन्न चर्चित ठाउँहरुमा र्याली निकालेर कण्डमको प्रयोग र यौनरोगका बारेमा जानकारी दिइन्छ । साथै सित्तैमा कण्डम पनि बाँडिन्छ ।

नाचगानसँगै र्याली निकालेर यसलाई पर्वको रुपमा मनाइन्छ ।