ललितपुर – जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारविरुद्ध गरिरहेको विरोध कार्यक्रम अझ कडा पार्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि जसपाले सरकारविरुद्ध देशभर आन्दोलन गरिरहेको छ ।


ADVERTISEMENT


बुधवार देशको सबै जिल्लाहरुमा भैरहेको दोस्रो चरणको अन्तिम दिनको बिरोध प्रदर्शन र बिरोधसभालाई सम्बोधन गर्ने गरी ललितपुर जिल्लामा आयोजित कार्यक्रममा जसपाले सरकारविरुद्धको आन्दोलन अझैँ कडा पार्दै लैजाने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीले जनताको सार्वभौम अकिार हनन गरेको बताउँदै जसपाका ललितपुर अध्यक्ष सनत महतले प्रधानमन्त्रीले जनतासँग माफी माग्नुपर्ने बताए । ‘प्रधानमन्त्रीले निम्त्याउनुभएको संवैधानिक संकटले आम नागरिकले अहिले प्रश्न गर्न थालेका छन,संविधान नै नमान्नेले चुनाव के गर्ला ?’ उनले भने, ‘फेरि जनताले त ५ वर्षको मतादेश दिएको होइन ? अनि ३ वर्षमै किन चाहियो चुनाव?’

उनले तेस्रो चरणको विरोध कार्यक्रम अझ सशक्त पार्दै सरकारविरुद्ध आनदोलन गर्ने तयारी गरिएको उनले बताए ।