एजेन्सी – विश्वको सबैभन्दा पुरानो लोकतन्त्र भएको अमेरकाको राष्ट्रपतिको रुपमा जो बाइडनले सपथ लिएका छन् । उनले नेपाली समयअनुसार गए राति १०ः४५ मा अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा सपथ ग्रहण गरेका हुन् ।


ADVERTISEMENT


बाइडनलाई सर्वोच्च अदालतका प्रधान्यायाधीश जोन रोबर्टले वासिङ्टन डीसीस्थित युएस क्यापिटलमा सपथ ग्रहण गराएका हुन् ।
यसअघि सन् १९८७ र २००८ मा उनले राष्ट्रपतिको लागि उम्मेदवार दिएका थिए । तेस्रो पटकको प्रयासमा उनी अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । यसअघि उनले बाराक ओबामा राष्ट्रपति हुँदा ओबामाको दुबै कार्यकालमा उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेका थिए ।


ADVERTISEMENT

# # #


सपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने सहभागी भएनन् । उनले यसअघि नै सपथ ग्रहण समारोहमा सहभागी नहुने जनाएका थिए ।