काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) का कार्यकारी समिति सदस्य तथा द्वि–राष्ट्रिय एवं एनआरएन समन्वय फोरमका अध्यक्ष देशबन्धु बस्नेत (अजित) ले एसिएन कर्पोरेशन डाईलग मेम्बर कन्ट्रीज एसिडी राष्ट्रहरुबीच कनेक्टिभिटीमा जोड दिनुपर्ने बताएका छन् । बस्नेतले एसिडीका चेम्बर्स अफ कमर्स (सिसीआई) को पहिलो भर्चुअल सम्मेलनलाई नेपालको तर्फबाट सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।


ADVERTISEMENT


एसियाली सहयोग संवाद (एसीडी) को बुधबार आयोजित ‘दि इकोनिमक स्टेट अफ प्ले इन द एसियन कोअपरेसन डायलग मेम्बर कन्ट्रिज’ विषयक सो भर्चुअल सम्मेलनमा बोल्दै बस्नेतले एसिडी राष्ट्रहरुबीच क्षेत्रीय र अन्तरदेशीय सम्पर्क सुधार गर्नु आवश्यक रहेको बताए । उनले यसका लागि यातायात पूर्वाधार निर्माण आवश्यक रहेको उल्लेख गर्दै राजमार्ग, रेलवे, एयर–लिंक, समुद्री मार्गहरू, साथसाथै एसीडीका सदस्यहरूका बीच डिजिटल कनेक्टिभिटीमा जोड दिए । बस्नेतले सफ्टवेयर (सीमापार नीति सम्बन्धित) र हार्डवेयर (व्यापार सुविधा पूर्वाधारसँग सम्बन्धित) दुवै सम्पर्क पक्ष निर्माण गर्नुपर्ने र दिगो हुनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


साथै वर्तमान व्यापार सम्बन्धलाई बढावा दिन र नयाँ उत्पादनका लागि व्यापारको सम्भावना पहिल्याउन समेत उनले आग्रह गरे । ‘यसका लागि हामीले व्यापार र लगानी, व्यापार सुविधा सम्बन्धित नीतिगत विषयहरुमा हामीबीच थप काम गर्नु आवश्यक छ’, बस्नेतले भने । व्यापार वृद्धिको लागि जनस्तरमा सम्बन्ध सुधार, पर्यटनमा जोड दिन आवश्यक रहेको बताउँदै एसिडी देशहरू बिच राम्रो हवाई कनेक्टिभिटी थालनी गर्नुपर्ने बताए ।

बस्नेतले टर्की एशिया र युरोप बीचको केन्द्र भएको बताउँदै टर्कीको पहुँँच यूरोपसम्म भएकाले एसीडीले ईयूसँगको सम्बन्ध पनि बिस्तार गर्न सक्ने बताए । नेपालको टर्कीसँग सीधै टर्की एयरवेजको सम्पर्क भएको नेपालले टर्कीलाई युरोप र सम्बन्धित एसीडी राष्ट्रहरूको प्रवेशद्वारको रूपमा उपयोग गर्न उत्सुक रहेको बस्नेतले बताए ।

कोविड १९ का कारण विश्व दुर्भाग्यपूर्ण अवस्थाबाट गुज्रिरहेको बताउँदै विश्वले आर्थिक मन्दीको सामना गर्दै गरेको र विश्वव्यापी अनिश्चितता रहेको बताए । ‘यो अवस्थामा क्षेत्रीय र विश्ववयापी सहयोगको भूमिका पहिले भन्दा थप महत्वपूर्ण भएको छ’, बस्नेतले भने ।

बस्नेतले नेपालको वर्तमा आर्थिक अवस्थाको बारेमा संक्षिप्त प्रकाश पार्दै विशेष गरी व्यापार र लगानीका सम्बन्धमा विश्व बैंकको डूइंग बिजनेस इंडेक्स २०२० ले नेपाललाई सबैभन्दा अनुकूल राष्ट्रहरुमध्ये ९४ औं नम्बरमा राखेको उल्लेख गर्दै दक्षिण एसियाली देशहरूमध्ये नेपाल तेश्रो स्थानमा रहेको बताए ।

बस्नेतले नेपालको जनसंख्या, भौगोलिक स्थिति तथा विविध विषयमा प्रकाश पार्दै नेपाल व्यापार तथा लगानीका लागि निकै उपयुक्त रहेको सम्मेलनमा उल्लेख गरे । नेपालमा काम गर्ने उमेरको जनसंख्या ५७ प्रतिशत रहेको उल्लेख गर्दै छिमेकी देशहरूको तुलनामा श्रम लागत कम रहेको बताए ।
नेपाल सार्क, बिम्सटेक, डब्ल्यूटीओ, मिगा, बीआरआई, युएनसीटीएड र धेरै महत्वपूर्ण बहुपक्षीय निकायको सदस्य रहेको उल्लेख गर्दै बस्नेतले नेपालले ५ वटा राष्ट्रहरुसँग विप्पा सम्झौतामाहस्ताक्षर गरेको तथा ११ देशहरूसँग डीटीएएमा हस्ताक्षर गरेको उल्लेख गरे ।

नेपालको छिमेकी भारत र चीनजस्ता ठूला राष्ट्रहरु रहेको बताउँदै बस्नेतले भारतसँग ‘व्यापार सन्धि र पारवहनको सन्धि तथा चीनसँग ट्रान्जिट र व्यापार सम्झौता भएको सम्मेलनमा बताए । यस्तै बस्नेतले नेपालले एफडीआईमा शतप्रतिशत स्वामित्व अनुमति दिने तथा पूर्ण स्वदेश फिर्ताको लागि अनुमति दिएको पनि बताए । बस्नेतले नेपालले ऊर्जा, यातायात पूर्वाधार र उत्पादनजस्ता केही प्राथमिकताका क्षेत्रमा प्रतिस्पर्धी कर्पोरेट करको व्यवस्था गरेको पनि बताए ।

बस्नेतले नेपालमा लगानीका रणनीतिक फाइदाहरूहरु प्रस्तुत गर्दै नेपाल, भारत र चीनको बीचमा अवस्थित रहेको र कूल २।७ अर्ब जनसंख्या र सबैभन्दा ठूलो बजार भएको उल्लेख गरे । यस्तै भारतमा खुला सीमा पहुँच तथा चीनमा ८ हजार बढी उत्पादनहरूका शुल्कमुक्त पहुँच रहेको बताए । अमेरिकामा सन् २०२६ सम्म ७७ वटा उत्पादनहरूको लागि निःशुल्क पहुँच रहेको तथा ड्युटी फ्री कोटामा ईयूमा निः शुल्क पहुँच रहेको पनि उल्लेख गरे ।

नेपाल भूपरिवेष्ठित देश भएपनि भारतका २ पूर्वी पूर्वी बन्दरगाह कोलकाता र र विशाखापटनमा मा पहुँच रहेको तथा हालसालै चीनले नेपाललाई तेस्रो मुलुकमा ट्रान्जिटका रूपमा ७ वटा बन्दरगाह (चीन भित्र सुख्खा बन्दरगाह, र समुद्री बन्दरगाह, टियानजिन र शेन्जेन समुद्र सहित) प्रयोग गर्नका लागि पहुँच दिएको पनि जानकारी गराए ।

बस्नेतले सम्मेलनमा व्यापार, पर्यटन र लगानीको लागि नेपालमा आकर्षक र सम्भावना भएको देश रहेको बताए । बस्नेतले एसीडी राष्ट्रका सबै सदस्यहरू तथा लगानीकर्ताहरूलाई नेपालमा व्यापार सम्बन्ध स्थापित गर्न आमन्त्रित गदै स्वागतसमेत गरे । टर्कीमा आयोजना भएको एसियाका कुल ३५ देश सम्मिलित एसिडी मुलुकहरुको उद्योग तथा वाणिज्य चेम्बर्सको उक्त सम्मेलनमा नेपालकोतर्फबाट वस्नेतको मात्र सहभागिता रहेको थियो ।