काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको लगनखेलस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा कार्यरत दुई जना कर्मचारीलाई घससहित पक्राउ गरेको छ ।


ADVERTISEMENT


टंगालबाट खटिएको अख्तियारको टोलीले कार्यालयका नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ घुस रकमसहित पक्राउ गरेको हो । ललितपुर महानगरपालिका–१२, लगनखेलस्थित बसपार्क नजिकबाट सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिइएको हो ।


ADVERTISEMENT

# # #


अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको र उक्त कुरा मिलाउनको घुस लिएको पाइएको हो ।

पक्राउ परेको उनीहरुमाथि थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।