काठमाडौं । काठमाडौंमा सडक विस्तार गर्दा भत्किने घरको क्षतिपूर्ति रकम बढाउन तयारी गरिएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारसँग यस्तो क्षतिपूर्ति रकम बढाउन प्रस्ताव गरेको हो ।


ADVERTISEMENT


कतिपय स्थानमा कम क्षतिपूर्ति भएको भन्दै काममा अवरोध भएको र समसापेक्ष प्राधिकरणले क्षतिपूर्ति बढाउन सरकारलाई अनुरोध गरेको हो ।


ADVERTISEMENT

# # #


 

प्राधिकरणले शहरी विकास तथा भवन निर्माण विभागलाई पत्र लेखेर क्षतिपूर्ति रकम बढाउन प्रस्ताव गरेको हो । प्रत्येक ३/३ वर्षमा प्राधिकरणले यस्तो क्षतिपूर्ति रकम समायोजन गर्ने गरेको थियो ।