काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरीबि निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई सबै स्थानीय तहसँग भूमिसम्बन्धी सम्झौता गर्न निर्देशन दिएकी छन् ।


ADVERTISEMENT


उनले सम्झौता गर्न बाँकी रहेका स्थानीय तहसँग तत्काल सम्झौता गरेर अघि बढ्न निर्देशन उनले दिएकी हुन् । बिहीवारदेखि नै विद्युतीय माध्यमबाट बाँकी रहेका स्थानीय तहसँग सम्झौताका लागि प्रक्रिया अघि बढाउने जवाफ दिएको छ ।


ADVERTISEMENT

# # #


आयोगले ७५४ मध्ये १९४ स्थानीय तहसँग मात्र भूमिसम्बन्धी सम्झौता गरेकोमा अझैँ ५६० स्थानीय तहसँग सम्झौता गर्न बाँकी रहेको छ ।