काठमाडौँ – काभ्रे प्रहरी प्रमुखका रुपमा १३ महिना बिताएर प्रहरी उपरीक्षक (एसपी) रवि पौडेल बिदा भएका छन् । पुस २१ गतेको प्रहरी प्रधान कार्यालयको निर्णयले एसपी पौडेललाई काभ्रेबाट प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विद्यालय महाराजगञ्जमा खटाएको छ ।


ADVERTISEMENT


१३ महिना काभ्रे प्रहरीको नेतृत्व सम्हालेका एसपी पौडेलले अनुसन्धान, अपराध नियन्त्रणमा नमूना काम गरेर देखाएका छन् । प्रतिबन्धित विप्लव समूहको गतिविधि तथा अन्य अपराधिक गतिविधि नियन्त्रण गर्न, पक्राउ गरेर मुद्दा चलाउन, फरार प्रतिवादीहरुलाई पक्राउ गर्न उनी सफर रहे ।


ADVERTISEMENT

# # #


चाहे पाँचखाल–१०का कामि सिंह तामाङ हत्याका अभियुक्त पक्राउ गर्ने होस् वा नमोबुद्द–८ बस्ने रन्जना तिमल्सिना अधिकारी, रोशी–११ का सुब्बा सार्की लगायतका दजर्जनौँ हत्याका अभियुक्तलाई समात्ने काममा उनी सफल रहे ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) रोकथाम, नियन्त्रण र संकट व्यवस्थापनका लागि निकायसँग सहकार्यमा एसपी पौडेल निकै नै सक्रियताका साथ लागे । उनले नेपालकै पहिलो कोरोना संक्रमित मृतक महिलाको शव व्यवस्थापन गरेर आफ्नो कुशलता प्रदर्शन गरे ।

सवारी दुर्घटना न्यूनीकरणका लागि सीसीटीभी लगायतका प्रविधि जडान र नियमित आवश्यक अनुगमनमा पनि एसपी पौडेल सक्रिय रहे । उनकै नेतृत्वको प्रहरीको टिमले ट्राफिक नियम विपरित चल्ने सवारी साधनहरुलाई कानुनी दायरामा ल्याई गतवण साउनदेखि पुससम्म १४ हजार ३५० सवारी साधनलाई कारबाही गरेको छ । त्यसवापत राज्यकोषमा १ करोड ६६ लाख ३२ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ ।

अवैध घरेलू मदिरा नष्ट गर्ने, गाँजा खेतीहरु फडानी गरी नष्ट गर्ने कार्यमा पनि एसपी पौडेलको नेतृत्वदायी भूमिका रह्यो । प्रहरी कर्मचारीहरुको प्रशिक्षण लगायतका कुराहरुमा पनि एसपी पौडेलले प्रभावकारी काम गरेका छन् ।

यस्ता छन् एसपी पौडेलले काभ्रे प्रहरी प्रमुखका रुपमा गरेका महत्वपूर्ण कार्य

१. जि.प्र.का. काभ्रेमा कार्यरत रहँदा जिल्लाको शान्ति सुरक्षा कायम गर्न जि.प्र.का. तथा मातहतबाट दैनिक गस्ति परिचालनका साथै प्रतिबन्धित विप्लव समुहको गतिबिधि तथा अन्य अपराधिक गतिबिधि नियन्त्रण गर्न जिल्लाको दुर्गम पहाडी भेग डाँडापारी क्षेत्रको खानीखोला गा.पा.र महाभारत गा.पा., कोशीपारी क्षेत्र भुम्लु र चौरीदेउराली गा।पा।क्षेत्रमा ३ देखि ५ दिन सम्म कम्तिमा महिनामा २ पटक एलआरपी गस्ति परिचालन गरी समाजमा शान्ति सुरक्षा कायम राखेको साथै फैसला कार्यान्वयनलाई प्राथमिकतामा राखि मुद्दा दर्ता भई फरार प्रतिबादी १६ जना र फरार अपराधिहरु १५ जना पक्राउ गरी २४ बर्ष ६ महिना कैद सजाय, १२,०५,५०,८९१।७८ जरिवाना फर्छौटको लागी अदालतमा पेश गरेको ।

२. जि.प्र.का. काभ्रेमा कार्यरत रहेको अवस्थामा श्रावण देखि पौष महिना सम्म आन्तरिक सुरक्षा योजना निर्माण गरी अपराधिक गतिबिधि तथा कोभिड(१९ नियन्त्रणको लागी अहोरात्र खटिई नागरिकहरुको जनधन तथा स्वास्थ्य सुरक्षाको लागी बिभिन्न निकायसँग सहकार्य गर्दै जिल्ला सुरक्षा समिति, डीसीसीएमसी, अन्तर जिल्ला समन्वय बैठक ४४ पटक बसी आवश्यक निर्णयहरु गरीरगराई कार्यान्वयन गरेको कारण अपराधिक घटनाहरुको साथै कोभिड-१९ संक्रमण काभ्रे जिल्लामा न्यून रहेको ।

३. सवारी दुर्घटना तथा अपराध न्युनिकरण गरी शान्ति सुरक्षा कायम गर्ने शिलसिलामा सम्बन्धि स्थानिय तहसँगको समन्वयमा अरनिको राजमार्गको दोलालघाटमा ३ वटा, काभ्रेभञ्ज्याङ स्थित बिपि राजमार्गमा २ वटा, अरनिको राजमार्ग स्थित धुलिखेल अठ्ठाईस किलो, बासघारीमा ४ वटा सीसीटीभी जडान गरी जि.प्र.का.काभ्रेको कन्ट्रोल रुम तथा प्र.चौ.दोलालघाटले मनिटर गर्ने व्यवस्था मिलाएको ।

४. मिति २०७७।०४।२३ गते रोशी गा.पा.५ काभ्रे बस्ने बुद्धिलाल तामाङ र मिति २०७७।०९।१५ गते रोशी ७ काभ्रे बस्ने काजिमान तामाङले घरमा लुकाई छिपाई राखेको अवैध भरुवा बन्दुक नाल २ सहित निजहरु दुबै जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको ।

५. जि.प्र.का.काभ्रेमा कार्यरत रहेको अवस्थामा प्रतिबन्धित बिप्लब समुहमा आवद्ध नेता तथा कार्यकर्ताहरु ६ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको ।

६. शान्ति सुरक्षामा नै चुनौति आउने बहुमुल्य बोधिचित्त दाना टिप्ने, ओसार पसार गर्ने समयमा बिगतमा समेत उक्त दानाको चोरी तथा लुटपाट भएकोले त्यस किसिमका गैर कानुनी कार्यहरु हुन गर्न नदिन मिति २०७७।०४।०७ गते देखि काभ्रेको रोशी गा.पा.को विभिन्न स्थानहरुमा प्र.स.नि.को कमाण्डमा १० जनाको टोली परिचालन गरी शान्ति सुरक्षा कायम गरेको ।

७. जि.प्र.का.काभ्रेमा कार्यरत रहदाको अवस्थामा सो जिल्ला भई दैनिक चल्ने अं.३००० भन्दा बढि ट्रिपरहरुलाई व्यवस्थित गरी साँझ २०:०० बजे देखि बिहान ०५:०० बजे सम्म संचालन गर्न दिएको कारण सवारी दुर्घटनामा कमि आएको र जन धनको क्षेति हुनबाट बचाउ गर्ने कार्य गरेको साथै अरनिको राजमार्ग र बिपि राजमार्गमा चल्ने सवारी साधनहरुको चेक जाँचको उचित प्रबन्ध गरि ट्राफिक नियम विपरित चल्ने सवारी साधनहरुलाई कानुनी दायरामा ल्याई श्रावण देखि पौष सम्म १४३५० सवारी साधनलाई कारबाही गरी १,६६,३२,५००।– राजश्व संकलन गर्न प्रहरी र ट्राफिक प्रहरी परिचालन गरी नेतृत्वदायी भुमिका निर्वाह गरेको ।

८. काभ्रे जिल्लामा प्रभावकारी प्रहरी परिचालन गरी तयारी अवैध घरेलु मदिरा ३०२६१ लिटर, कच्चा पदार्थ (कट) २२८४ लिटर, मर्चा ४९६ के।जि।नष्ट गरेरगराएको, व्यक्तिले लगाएको तथा सार्वजनिक स्थानका अं। ३२५ रोपनीमा उम्रिएको अं. २४५१०० गाँजाको बोटहरु फडानी गरि नष्ट गरेको ।

९. मिति २०७७।०४।१५ गते बिहान काभ्रे जिल्लाको पाँचखाल न.पा.वडा नं.१० स्थितमा वर्ष ५४ को कामि सिंह तामालाई कर्तव्य गरी मारेको घटनामा फरार रहेको घटनामा संलग्न रुपेन्द्र मान लामालाई सोहि दिनको १६:३० बजे र संजिव मैनालीलाई सोहि दिन २१:३० बजे पक्राउ गरी कर्तव्य ज्यान मुद्धा दर्ता गरी कानुनी दायरामा ल्याएको ।

१०. मिति २०७७।०५।१८ गते काभ्रे नमोबुद्द न.पा.८ बस्ने रन्जना तिमल्सिना अधिकारीलाई कर्तव्य गरी मारेको घटनामा ऐ.बस्ने सुदर्शन अधिकारीलाई तत्कालै पक्राउ गरी कानुनी दायरामा ल्याएको ।

११. नुवाकोट दुप्चेश्चर गा.पा.२ बस्ने पेन्जोम शेर्पालाई अमेरिकी डलर सस्तोमा साटी दिने भनि मिति २०७७।०४।१२ गते काभ्रे जिल्ला पाँचखाल न.पा.४ मा बोलाई निजबाट रु १०,००,०००।– लाख ठगि गरी फरार श्रीखण्ड तामाङ, हर्क तामाङ,बुद्धि बहादुर तामाङ र गोबिन्द तामाङलाई मिति २०७७।०६।१८ र १९ गते पक्राउ गरी कानुनी दायरामा ल्याएको ।

१२. मिति २०७७।०७।२२ गते काभ्रे जिल्ला रोशी गा.पा.११ को सुब्बा सार्कीलाई ढुङगाले प्रहार गरी घाईते बनाई मृत्यु भएको घटनामा संलग्न ऐ बस्ने सन्तोष नेपालीलाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्धा अन्तर्गत कानुनी दायरामा ल्याएको ।

१३. मिति २०७७।०७।१५ गते २२:४५ बजे पाँचखाल न.पा.४ स्थित सडक खण्डमा वर्ष ४२ को राम प्रसाद आचार्य घाईते अवस्थामा फेला पारी अस्पताल तर्फ ल्याउदै गर्दा मृत्यु भएको र सो घटना सवारी दुर्घटना हुन सक्ने भनि अनुसन्धान गर्दा दुर्घटनाबाटै मृत्यु भएको पत्ता लगाई दुर्घटना गराई फरार भएका कमल गदाललाई निजले चलाएको मोटर साईकल सहित पक्राउ गरी कानुनी दायरामा ल्याएको ।

१४. मिति २०७७।०८।०६ गते काभ्रे पाँचखाल न.पा.४ मा रञ्जन कुमार लामिछानेको मदिरा पसल बाट विभिन्न ब्राण्डका मदिराहरु जम्मा रु ४,५७,४००।– बराबरको चोरी गरी फरार रहेका र पछि अनुसन्धानबाट पत्ता लागेका पेम्बा लामा, सुनिल लामा, राज कुमार सेढाईलाई चोरी भएको सामान सहित पक्राउ गरी चोरी तथा डाका सम्बन्धि कसुर मुद्धा दर्ता गरी कानुनी कारबाही गरेको ।

१५. मिति २०७७।०८।२७ गते पाँचखाल न.पा.२ बस्ने गोन्जमान तामाङको घरबाट सुनका विभिन्न गर-गहनाहरु अं।मुल्य रु ५४,५३,०००।– बराबरको र नगद रुपैया समेत चोरी गर्ने राजन तामाङ सहित ७ जनालाई पक्राउ गरी चोरी तथा डाका सम्बन्धी कसुर मुद्दा दर्ता गरी कानुनी दायरामा ल्याएको ।

१६. मिति २०७७।०९।०९ गते जिल्ला बारा निजगढ न.पा.२ बस्ने बर्ष ४० कि सिता नेपाली काभ्रे बेथानचोक गा।पा।१ स्थितमा मृत अवस्थामा फेला परेमा अनुसन्धानको क्रममा निजलाई निजकै श्रीमान बर्ष ५३ को जिवन नेपालीले मारी फाली फरार रहेको पत्ता लगाई निजलाई मिति २०७७।०९।१३ गते मकवानपुर जिल्लबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्धा दर्ता गरी कानुनी दायरामा ल्याएको ।

१७. श्रावण महिनादेखी असोज महिना भित्र अवैध नदी उत्खनन तथा ओसार पसारमा संलग्न स्काईभेटर-१, वालुवा बोकेको ट्रिपर-१८ वटा, ट्याक्टर-३ वटा पक्राउ गरी कारवाहीको लागि सम्बन्धित स्थानिय तहमा बुझाएको । अवैध उत्खनन कार्यलाई पुर्णरुपमा बन्देज गरेको ।

१८. जिल्ला प्रहरी कार्यालय काभ्रेमा भौतिक संरचना निर्माण गर्ने सिलसिलामा कार्यालय परिसरमा रहेको क्यान्टीन अति नै जिर्ण भई पानी चुहिने र भत्किएको कारण फराकिले र सुविधायुक्त नयाँ क्यान्टीन निर्माण गरेको ।

१९. जिल्ला प्रहरी कार्यालय काभ्रेमा आउने सेवाग्राहीहरुलाई सर्वप्रथम कार्यालय प्रबेश गर्ने बित्तिकै सेवा प्रदान गर्ने उदेश्यले कार्यालय प्रवेश गेट नजिकैको घरको मर्मत संभार, रगरोगन सहितको सरसफाई, टेवल कुर्सी,सोफा, टीभी जडान गरी सो बाट संदेश मुलक सुचना प्रसारणको व्यवस्था, पिउने पानी राख्ने स्टेन्ड बनाई सफा पिउने पानीको व्यवस्था सहित व्यवस्थित नागरिक सहायता कक्षको पुनस् निर्माण गरी चुस्त र दुरुस्त नागरिक सेवा प्रदान गर्ने व्यवस्था मिलाएको ।

२०. जि.प्र.का. काभ्रेमा आउने सेवाग्राही तथा प्रहरी कर्मचारीहरुलाई कोरोना भाईरस संक्रमण जोखिमबाट बचाउ गर्न कार्यालय प्रवेशद्धारमा थर्मल गनद्वारा ज्वरो नाप्ने, साबुन पानीले हात धुने लगायतको स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाएको ।

२१. जि.प्र.का.तथा मातहतमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरुको स्वास्थ्य हितलाई ध्यानमा राखि जिल्ला प्रशासन कार्यालय, धुलिखेल अस्पताल तथा अन्य संघ संस्थाहरुसँग समन्वय गरी श्रावण देखि पौष महिना सम्म १५,००० थान मास्क, ६५ लिटर सेनिटाईजर र फेस शिल्डको व्यवस्था गरेको ।

२२. कार्यालय भवनको छतबाट पानी चुहिने भएकोमा ढलान फोडी नयाँ छत ढलान गरेको ।

२३. जि.प्र.का.मेशमा खाना खाँदा बस्ने कुर्सी, बेन्च र डाईनिङ टेबलको व्यवस्था गर्नुको साथै मातहत प्रहरी ईकाईलाई आवश्यक भाडा वर्तनको व्यवस्था मिलाई प्रहरी कर्मचारीको लागि सफा र व्यवस्थित मेस संचालन गरेरगराएको ।

२४. श्रीमान प्रहरी महानिरीक्षकज्यूबाट जारी भएको प्रहरी कर्मचारीहरुले पालना गर्नु पर्ने आचार संहिता सम्बन्धि कार्यादेश २०७७ सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई अध्ययन गरिरगराई आचार संहिता सम्बन्धी १ दिने अनुशिक्षण ६१ जनालाई र सोही कार्यादेशसँग अन्तर्गत मानव अधिकारसँग सम्बन्धित अनुशिक्षण ८२ जनालाई प्रदान गरि कार्यादेश मुताविक कार्य गर्न मार्ग निर्देश गरेरगराएको ।

२५. कुनै पनि प्र.क.हरुलाई रुघा,खोकी,ज्वरोको लक्षण देखिएमा तत्कालै क्वारेन्टिनमा राखि क्ष्कयबितभ गरी उपचार समेतको व्यवस्था मिलाएको ।

२६. प्र.ह.तथा प्र.ज.लक्षित उत्प्रेरणा अभिबृद्धि योजना २०७७ सबै प्र.क.हरुलाई अध्ययन गराई निजहरुले पाउने सेवा सुविधाहरु अन्तर्गत बिदा, खेलकुद सामाग्री, डिउटी व्यवस्थापन, सिनियर र जुनियर दर्जा बिचको सम्बन्ध सुधार, पारदर्शी सेवा सुविधा आदि उपलब्ध गराई योजनाले निर्दिष्ट गरेको विषयलाई प्रभावकारी कार्यान्वयन गरी मनोबल अभिबृद्धिको कार्यहरु गरेको ।

२७. जि.प्र.का.काभ्रेबाट मिति २०७७।०६।१८ गते सहरी विकाश तथा भवन कार्यालय धुलिखेल काभ्रेसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालय काभ्रेको कार्यालय भवन र महिला सेल भवनमा रु ५ लाख मुल्य बराबरको रंग रोगन सोहि कार्यालय बाटै गराएको ।

२८. कार्यालयको हिरासत कक्षमा कार्पेट, सिरक डस्नाको व्यवस्था, सुरक्षा निग्रानीको लागि कम रेजुलेशनको ऋऋत्ख् लाई हटाई बढी रेजुलेशन भएको ५ वटा नयाँ ऋऋत्ख् जडान गर्नुको साथै टेलिभिजन र पुरुष हिरासत कक्षको ट्वाईलेटको ढोकाको माथिको भाग अर्ध खुल्ला गरी व्यवस्थापन गरेको ।

२९. जिल्ला प्रहरी कार्यालय काभ्रेको महिला सेल भवनको माथिल्लो तलामा रहेको कोठामा लत्ता कपडाको व्यवस्थापन गरी स्रोतसाधन युक्त बनाई बाल निग्रानी कक्ष स्थापना गरेको ।

३०. जि.प्र.का.काभ्रेको समन्वयमा नेपाली सेनाको विष्णुदल गण धुलिखेलमा मिति २०७७।०४।०८ गते नेपाली सेना-२५,नेपाल प्रहरी-१०, सशस्त्र प्रहरी वल-६, जम्मा-४१ जनाले विपद प्रकोप उद्धार संयुक्त अभ्यास सम्पन्न गराएको ।

३१. अपराध अनुसन्धानको शिलसिलामा पक्राउ परेका मानिसहरुलाई भिडियो कन्फ्रेन्स मार्फत सम्मानित जिल्ला अदालतमा न्यायधिश सामु प्रस्तुत गरी म्याद थप गर्ने व्यवस्था मिलाएको ।

३२. काभ्रे जि.नमोबुद्ध न.पा.-६ स्थित रोशी खोलामा आएको बाढीमा पंच तामाङ बिचमा फसेको अवस्थामा नेपाली सेना र नेपाल प्रहरीले संयुक्त उद्धार गरेको ।

३३. मिति २०७७।०७।२८ गते जिल्ला काभ्रे पाचँखाल नं.पा. ६ तिनपिप्लेमा सुख्खा पहिरो गई ऐ बस्ने सानी कान्छि दमाईलाई ढिस्कोले पुरेकोमा तत्काल प्रहरीले उद्धार गरी अस्पताल पठाएकोमा अस्पताल ल्याई पुर्याउदा डाक्टरले मृत घोषणा गरेको ।

३४. मिति २०७७।०४।२८ गते मण्डनदेउपुर न.पा.५ खाटिचौरमा अबिरल बर्षाको कारण बस्तिमा पहिरोको जोखिम बढेकोले स्थानिय तहसंग समन्वय गरी १६ घर धुरीलाई सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गरेको ।

३५. जिल्ला प्रहरी कार्यालय तथा मातहतमा कार्यरत प्र.ह.प्र.ज.हरुको क्षमता अभिबृद्धि गरि बृत्ति विकास गर्न व्यवस्थित एवं प्रभावकारी ढंगबाट विभिन्न घुम्ति प्रशिक्षण तथा अन्य अनुशिक्षण कार्यक्रमहरु संचालन गरेको ।

३६. जि.प्र.का.काभ्रेमा आएका हिंसा पिडित महिला तथा बालबालिकालाई सेवा प्रदान गर्ने शिलसिलामा ६ जनालाई सेफहाउसमा तत्काल आश्रय प्रदान, १२ जनालाई जिल्ला कानुनी सहायता समिति र सिभिक्टद्वारा कानुनी परामर्श, ३ जनालाई माईती नेपाल पठाई पिडित मैत्री कार्य गरेको ।

३७. कोभिड-१९ को कारण नागरिक सचेतनाका कार्यहरु नियमित गर्न बाधा पुगेता पनि घरेलु हिंसा, यौनजन्य अपराध ,मानव वेचबिखन तथा ओसार पसार,लागु औषध बेचबिखन तथा सेवन,जुवा तथा घरेलु मदिरा नियन्त्रण गर्न प्रहरी गस्ति, स्थानिय एफएम रेडियो, पत्र पत्रिकाहरुसँग समन्वय गरी प्रचार प्रसारद्वारा सचेतनामुलक कार्यक्रमहरु संचालन गरेको ।

३८. जि.प्र.का.मा कार्यरत प्रहरी कर्मचारीहरुको सामान्य स्वास्योपचारको लागी धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालसंग समन्वय गरी निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको ।