काठमाडौँ – माघ ७ गते बुधबारदेखि वहु प्रितक्षित टेलिभिजन शो ’ऐना’ प्रशारण हुने भएको छ । विश्वप्रकाश शर्माले सञ्चालन गर्ने कार्यक्रमको चर्चा धेरै अघिदेखि भएपनि यसको पहिलो एपिसोड बुधवार राति ९ बजे देखि कान्तिपुर टेलिभिजनमा हेर्न सकिने छ ।


ADVERTISEMENT


सामाजिक विषयवस्तुमा आधारित तर फरक प्रस्तुति सहितको टेलिभिजन शो ’ऐना’ अहिले सम्मकै व्यापक र खोजमुलक हुने निर्माण कम्पनीका दाबी छ ।


ADVERTISEMENT

# # #


टिभी शोले नेपाली समाजमा हुने विभेद, अन्याय, हानिकारक प्रथा परम्परा जस्ता सामाजिक विषयवस्तुहरुको मानविय संवेदनशिलताको पक्षलाई उजागर गर्ने बताइएको छ । दिहोराइजन मल्टिमिडिया प्रालिले निर्माण गरिरहेको २६ एपिसोडको यो शो यसअघि गतकार्तिक पहिलो सातादेखि प्रसारण हुने बताइएको थियो । कोभिड–१९ का कारण शो दुई महिना पछाडि धकेलिएको हो ।

देशकाविभिन्न स्थानमापुगेर सामाजिक सवाल माथि अध्ययन–अनुसन्धान, घटना र पात्रहरुको मिहीन अवलोकन, घटनासँग सम्बन्धित व्यक्तिसँग स्टुडियोमा अन्तर्वार्ता तथा विज्ञ र सरोकारवालाहरुसँग छलफल गरीकुनै पनि विषय माथिको सम्पूर्ण ‘प्याकेज’का रुपमाकार्यक्रम ‘ऐना’शो तयार गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।

कार्यक्रम छायंकनको लागि द होराइजन मल्टिमिडियाले बालाजु स्थित चलचित्र विकास कम्पनिको परिसरमा भव्य छायंकन सेट निर्माण गरेको छ ।
कार्यक्रममा उठाइने सामाजिक मुद्दा र सम्बन्धित विषयमा स्थलगत अनुसन्धान र रिपोर्टिङ पश्चात् काठमाण्डौस्थित स्टुडियोमा छलफल हुन्छ । विदेशमा यस्ता खालका विषय वस्तुहरुमासिमित टेलिभिजनशोहरु भएतापनि नेपालमा भने यो स्तरको रिसर्च, टिम, मेहनत र लगानीमा हालसम्मकै ठुलो टेलिभिजन शो हुने ऐनाका प्रोजेक्ट हेड राधाकृष्ण धितालले दाबी गरे ।

‘ऐना’को ’प्रोजेक्ट हेड’मा राधाकृष्ण धिताल, निर्देशकमा अमनप्रताप अधिकारी, प्रोड्युसरमा जनक पौड्याल, कन्टेन्ट रिसर्चमा प्रकाश लामिछाने रहेका छन् । यस्तै स्क्रिप्ट राइटरमा आन्विका गिरी, डाइरेक्टर अफ फोटोग्राफीमा प्रमोद कार्की, पोष्ट प्रोडक्सनमा रमेश थापाको टिम रहेको छ ।