काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनविरुद्ध हिंसात्मक नभई शान्तिपूर्ण रुपमा आन्दोलन गर्ने प्रचण्डले बताएका छन् ।


ADVERTISEMENT


मंगलबार काठमाडौँमा आयोजित आफू निकट प्रेस संगठन नेपालको दोस्रो भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी युद्धमा होइन, शान्तिमा छौँ । अहिले हामी बन्दुकको भाषा होइन, जनमत र मतपत्रको भाषाबाट देश र भविष्य निर्माण गर्ने प्रतिवद्धतामा छौँ ।’ उनले केपी ओलीको भाषामा राजा-महाराजाको दुर्गन्ध आएको टिप्पणी गरे ।


ADVERTISEMENT

# # #


‘यो राजतन्त्र पुनःस्थापित गर्ने, निरंकुशतातिर धकेल्ने प्रक्रियाको जुन सुरुवात भएको छ, यसलाई हर मूल्यमा रोक्नुछ’ उनले भने ।

आफ्नै पार्टीले निर्वाचित गरेको प्रधानमन्त्रीले नै जनताले बनाएको संविधानको हत्या गरेको बताउँदै उनले देशलाई अराजकतातर्फ लैजाने उक्त प्रयास रोक्न प्रेस संगठनको भेलाले महत्वपूर्ण योगदान दिने बताए ।  संघीय लोकतान्त्रिक गणतन्त्र आज आइसीयूमा पुगेकाले त्यसलाई बचाउने जिम्मेवारी जनताका साथै सम्पूर्ण पत्रकारहरुको काँधमा आएको बताए ।

केपी ओलीले आफ्नै कर्मले आफूलाई कुपात्र बनाइसकेको बताए । ओलीको हातमा अब केही पनि बाँकी नरहेको बताउँदै उनले भने, ‘अब केपीको हातमा केही पनि छैन । जुन दिन उहाँले संसद विघटन गर्ने सिफारिस गर्नुभयो, त्यो दिनदेखि केपीको हात सिद्धियो ।’