काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । भोलि (माघ ६ गते)का लागि बोलाइएको बैठक सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।


ADVERTISEMENT


उनका अनुसार अब केन्द्रीय कार्यसमितिको बैठक माघ १३ गते बस्नेछ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु र आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ ।


ADVERTISEMENT

# # #


संसद विघटन भएपछि नेपाली कांग्रेसका नेताहरुमा दुई धार आएका छन् । आजै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा पुगेर भेट गरेका थिए ।