काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्माओलीका कारण नै व्यवस्था धरापमा परेकाले यसको रक्षार्थ सबै एक हुनुपर्ने बेला आएको बताएका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौँमा अखिल नेपाल महिला संघ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले संसद विघटन नगरेर संविधान र गणतन्त्रको नै हत्या गरेको आरोप लगाए । संविधान र व्यवस्था रक्षाका लागि सबै एक ठाउँमा आउनु पर्ने र सशक्त आन्दोलन गर्नुपर्ने बताए । आगामी माघ ९ गते नेकपाले काठमाडौँमा लाखौँको संख्यामा मानिसहरु सडकमा उतार्ने उनले बताए ।


ADVERTISEMENT

# # #


भेडा र सिंहको कथा सुनाउँदै प्रचण्डले ओलीको संगतले आफूहरु पनि भेडा भएको बताए । उनले केपी ओलीलाई भेडाको संज्ञा दिँदै उनकै संगतमा आफूहरु पनि सिंहबाट भेडा भएको बताए । यद्दपी आफू सिंहका बच्चा भएको पहिचान गरेर नै ओलीलाई छाडेको बताए ।

‘अहिले हामी केपी ओलीजस्ता भेडाहरुको संगतले गर्दा अलिअलि हामी भेडाजस्ता भएका छौँ कि क्या हो ! एक पटक हामी ऐनामा उभिएर हेरौँ, हामी त सिंहका सन्तान हौँ ।’ उनले भने, ‘जुरुक्क उठेर गर्जियो भने केपी ओलीजस्ता भेडाहरुलाई…।’

उनले सुनाएको कथा यस्तो छ :
भर्खर जन्मिएको बाघको बच्चा आफ्ना आमाबुवाबाट छुट्टिएर भेडाको बथानमा पुगेछ, आमा अन्त कतै गएको बेला । अनि सिंहको त्यो सानो बच्चा आज पनि त्यही भेडासँग हिंड्न थाल्यो, भोलि पनि त्यही भेडासँग हिंड्न थाल्यो । भेडाकै जमातसँग हिंड्दा त्यो सिंह पनि भेडोभेडो हुन थालेछ । त्यसले खाना पनि घाँस खान थाल्ने, कराउँदा पनि भ्याभ्या गर्ने । एकदिन साँच्चै उसको आमा सिंह त्यहाँ आएर आफ्नो बच्चा हेर्दा भेडासँग बस्दा बस्दा उसको शरीर सिंहको जस्तो बुद्धि चाहीँ भेडाको जस्तो । सिंहजस्तो गर्जिनुपर्ने, भ्या भ्या गर्छ । अनि त्यो उसको आमालाई सैह्य भएन । अनि भेडो भएको त्यो सिंहलाई ल्याएर इनारमा अनुहार हेर्न लगाउँछ, ‘तँ त सिंह हो नि ! किन भेडो जस्तो ?’ अनि ऊ सिंह भएर गर्जिन्छ । अहिले हामी केपी ओलीजस्ता भेडाहरुको संगतले गर्दा अलिअलि हामी भेडाजस्ता भएका छौँ कि क्या हो ।