काठमाडौँ – काठमाडौँमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशले लगातार दोस्रो जित हात परेको छ । सोमबार बाग्मतीले सुदुरपश्चिम प्रदेशलाई १८० रनको विशाल रन अन्तरले पराजित गरेको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको बाग्मतीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९९ रन बनायो । ३०० रनको विशाल लक्ष्य पच्छ्याएको सुदूरपश्चिमको सुरुवात नै खराब रह्यो । उसले सुरुवाती ४ रन बनाउँदा नै महत्वपूर्ण ५ विकेट गुमायो । त्यसपश्चात अर्जुन साउँद र किरण ठगुन्नाले अर्थशतकीय पारी खेले । त्यसक्रममा अर्जुनले ३१ तथा किरणले २४ रन बनायो ।


ADVERTISEMENT

# # #


त्यसपछि पनि सुदूरपश्चिमको विकेट निरन्तर झरिरह्यो । नवौँ नम्बरमा आएका नारायण जोशीले २९ बलमा नटआउट ४४ रनको आक्रामक पारी खेले पनि टिमले २१ ओभरमा ११९ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो ।

बाग्मतीका लागि रामनरेश गिरिले शानदार बलिङ गरे । त्यसक्रममा उनले ५ ओभरमा ३२ रन खर्चिएर ४ विकेट लिए । यस्तै नन्दन यादव ले २ विकेट लिए भने दीपेश श्रेष्ट, तिलक भण्डारी र विपीन आचार्यका नाममा १–१ विकेट रह्यो ।

यसअघि बाग्मतीका लागि पृथु बाँस्कोटाले ८९ रनको शानदार पारी खेले । ९४ बलमा उनले १० चौका र २ छक्का प्रहार गरे । यस्तै आदिल खानले ८६ बलमा १० चौकाको मदतमा ६४ रन बनाए । यस्तै ज्ञानेन्द्र मल्ल र विपीन आर्चाले समान ३२, पारस खड्का २० र आकाश थापाले १० रन जोडे ।

सुदूरपश्चिमका लागि नारायण जोशीले ३, सन्तोष भट्ट र भोजराज भट्टले समान २–२ विकेट लिए । विनोद लामाका नाममा १ विकेट रह्यो ।