काठमाडौँ – डिसहोम रियालिटी टिभी च्यानल नम्बर १०२ मा आइतवारदेखि ‘कलाको मेला’ कार्यक्रम शुरु हुने भएको छ ।


ADVERTISEMENT


मानिसभित्र लुकेको कला बाहिर ल्याउने उद्देश्यले रियालिटी शो ‘कलाको मेला’ शुरु गरिएको डिस मिडिया नेटवर्कले जनाएको छ ।


ADVERTISEMENT

# # #


हरेक साता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने ट्यालेन्ट शो १८ सृङ्खलाको हुनेछ । कलाकारहरुले प्रस्तुत गर्ने कलाको मूल्याङ्कनका लागि निर्णायक मण्डल रहनेछ । डिश मिडिया नेटवर्कको प्रस्तुति यस कार्यक्रमबाट अवसरको अभावमा आफ्नो कला देखाउन नपाएकाहरुलाई राम्रो अवसर हुने विश्वास गरिएको छ ।