काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीको विशेष आर्थिक सल्लाहकारमा मोती दुगड नियुक्त भएका छन् । पुस २९ गते बसेको मन्त्रीपरिषद्को बैठकले दुगडलाई मन्त्रीसरहको मर्यादा पाउने गरी विशेष आर्थिक सल्लाहकार बनाएको हो ।


ADVERTISEMENT


दुगड यसअघि वाणिज्य तथा आपूर्ती राज्यमन्त्री थिए । तर, संसद विघटनपछि मन्त्रीपरिषद् हेरफेर हुँदा उनी पदबाट मुक्त भएका थिए । राज्यमन्त्रीका रुपमा रहँदा दुगडले महत्वपूर्ण काम गरेका थिए ।


ADVERTISEMENT

# # #


यसअघि प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडा रहे पनि उनी अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त भएसँगै उक्त पद रिक्त रहेको थियो । सोही पदमा दुगडलाई नियुक्त गरिएको हो ।