काठमाडौँ – छैठौँ नेपाल–भारत संयुक्त आयोगको बैठक सम्पन्न भएको छ । नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरको संययुक्त अध्यक्षतामा आयोगको बैठक सम्पन्न भएको हो ।


ADVERTISEMENT


उक्त वैठकमा अन्तरदेशिय सीमा विवाद, कोभिड नियन्त्रणका लागि सहयोग, व्यापार, पारवहन, पूर्वाधार र लगानीको विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
आयोगको वैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली बिहीबार दिल्ली पुगेका थिए। बैठकअघि ज्ञवालीले भारतीय विदेशमन्त्री जयशंकरसँग शुक्रबार छुट्टै भेटवार्ता गरेका थिए । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न चाहेपनि प्रधानमन्त्री मोदीसँग भने उनको भेट हुन सकेन ।


ADVERTISEMENT

# # #