काठमाडौँ – भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिसिल्ड’ले नेपालमा प्रयोगका लागि अनुमति पाएको छ ।


ADVERTISEMENT


औषधी व्यवस्था विभागको शुक्रबार बसेको बैठकले ‘कोभिसिल्ड’लाई आपतकालीन प्रयोगका लागि सशर्त अनुमति दिने निर्णय गरेको हो। यसअघि विभागले आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ता गर्नका लागि आहृवान गरेको थियो ।


ADVERTISEMENT

# # #


विभागमा दर्ता रहेका वा दर्ता गरी आयात गर्ने मनसाय राख्ने उत्पादक वा आधिकारिक आयातकर्ताले सम्बन्धित उत्पादकका तर्फबाट आवश्यक कागजातसहितको विवरण खुलाई आपत्कालीन प्रयोगको दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सुचित गरेको गरिएको थियो ।

जसका लागि ३ वटा आयातकर्ताहरुले आवदेन दिएका थिए । त्यसमध्येबाट २ वटाको आवश्यक कागज नपुगेकाले विभागले ‘कोभिसिल्ड’ खोप ल्याउनका लागि अनुमति दिएको हो ।