एजेन्सी – विश्वलाई नै आतंकित पारेको कारोना भाइरस (कोभिड–१९) को स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को टिम चीनको उहान पुगेको छ ।


ADVERTISEMENT


बिहीकार उहान शहर पुगेको डब्ल्यूएचओको टिमले कोरोनाको सुरुवात कसरी भयो भनेर अनुसन्धान गर्नेछ । चीन र विश्व स्वास्थ्य संगठनबीचको लामो छलफलपछि उहानमा कोरोनाको स्रोत लगायतका विविध विषयमा उहानमा अध्ययन गर्ने सहमति भएको थियो ।


ADVERTISEMENT

# # #


१० वैज्ञानिकहरु सामेल डब्ल्यूएचओको यो टिमले रिसर्च इस्टीच्यूड, अस्पताल र सीफूड मार्केटका व्यक्तिहरुसँग कुराकानी गरेर तथ्यांकहरु संकलन गर्नेछ । त्यो भन्दा पहिले टिमले १४ दिन उहानमा क्यारेन्टिन बस्नुपर्नेछ । टिमले कुन जनावरबाट कोरोना मान्छेमा फैलियो भन्ने कुराको पनि अनुसन्धान गर्नेछ ।

२०१९ को अन्त्यमा उहानमा पहिलोपटक कोभिड–१९का संक्रमित फेला परेका थिए । यद्दपी चीनले कोरोनाको सुरुवाता उहानबाट नभएको दाबी गर्दै आएको छ । उहानमा हाल जनजीवन सामान्य अवस्थामा पुगिसकेको छ । तर पनि उत्तरी चीनमा भने कोरोनाका केही नयाँ केसहरु देखिएका छन् ।

विश्व स्वास्थ्य संगठनका वैश्विक संक्रमण र प्रतिक्रिया यूनिटका अध्यक्ष प्रोफेसर डेल फिशर विश्वाले यसलाई एक वैज्ञानिक भ्रमणका रुपमा लिने विश्वास व्यक्त गरे । बीबीसीसँग उनले भनेका छन्, ‘यो कुनै राजनीति वा आरोप–पत्यारोपको विषय होइन । यो एक वैज्ञानिक प्रश्नको उत्तर खोज्ने प्रयास हो ।’

धेरै वैज्ञानिकले यो भाइरस प्राकृतिक रुपमा देखा परेको बताएको जानकारी दिए ।