काठमाडौँ – प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय योग दिवस मनाइएको छ । राष्ट्रिय योग दिवस मूल समारोह समितिद्वारा आयोजित योग समारोहमा प्रधानमन्त्री केपी शर्माओली पनि सहभागी भएका छन् ।


ADVERTISEMENT


सो अवसरमा प्रधानमन्त्री ओलीले शरीरलाई चुस्तदुरुस्त राख्न र प्रतिरोधी क्षमता तथा बहन गर्न एवं सहन शक्तिको विकास गरी गतिवान् जीवन पद्धतिका लागि नेपालका पूर्वजले विकास गरेको योग नै अन्तरराष्ट्रियकरण भएको स्पष्ट पारे।


ADVERTISEMENT

# # #


योग प्राकृतिक चिकित्सा क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई पुरस्कृत गरिनाका साथै ‘योग विशेष बुलेटिन’ विमोचन गरिएको थियो । कार्यक्रममा योगाभ्यास पनि गरिएको थियो । यस वर्षको दिवसको आदर्श वाक्य (नारा) ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ रहेको छ ।

नेपालमा विसं २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आएको छ । वर्षमा लामो दिन अर्थात् सूर्य उत्तरायनतर्फ लाग्ने दिनलाई योग दिवसका रुपमा मनाउन थालिएको हो ।

तस्बिरहरु : प्रधानमनन्त्रीको निजी सचिवालय