काठमाडौँ – नबिल बैंकको ३६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।


ADVERTISEMENT


बुधबार बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बसेको बैंकको संचालक समितिको सिफरिस अनुसारसाधारण सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ३५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ ।


ADVERTISEMENT

# # #


यसै साधारण सभाबाट सर्वसाधारण शेयरधनी समुहको प्रतिनिधित्व गर्दै अनन्त पौड्याल तथा प्रविन टिवडेवाला निर्विरोध निर्वाचित भएका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ३ अर्ब ४६ करोड हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी रु. ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब ३७ अर्ब पुर्याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको शेयर पूँजी यस बर्ष रु. १३ अर्ब ४८ करोड नाघेको छ ।

सो अवसरमा अध्यक्ष पौड्यालले नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएकोमा गर्व गरे ।

उनले ठूलो बैंकसंगै राम्रो र विश्वसनीय बैंकमा कायम रहिरहने लक्ष्य नबिल बैँक रहेको बताए । बैंकले स्थापनाकाल देखि हालसम्म रू.२१ अर्ब भन्दा बढी रकम त देशको राजश्वमा योगदान गरिसकेको उनले जानकारी दिए ।

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत बैकिङ सेवा प्रदान गर्दै आएको छ ।