एजेन्सी – गत वर्षदेखि शुरु भएको कोरोना महामारीका कारण यतिबेला विश्व समुदाय नै आक्रान्त छ ।


ADVERTISEMENT


कोरोना महामारी नियन्त्रणका लागि विश्व नै यतिबेला कोरोनाविरुद्धको खोपको प्रतीक्षामा छन् । यही क्रममा हालसम्म ५ वटा खोपले आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका छन् भने ११ वटा खोप तेस्रो चरणको ट्र्यालमा छन् । संसारभर सय भन्दा बढी खोपको परीक्षण भइरहेको छ ।


ADVERTISEMENT

# # #


अहिले चीनले बनाएको साानाफार्म, अमेरिकामा निर्माण भएको फाइजर र मोर्डेना तथा भारतमा अक्सफोर्ड–अस्ट्राजेनिकाले भारतको सिरम इन्स्टिच्युटसँग बनाएको कोभिडविरुद्धको खोप चर्चामा छ । हालसम्म उत्पादन भई प्रयोगका लागि अनुमति पाएका खोपमध्ये भारतले निर्माण भएको खोप सबैभन्दा सस्तो पर्ने अनुमान गरिएको छ ।

केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले यो खोपको मूल्य २०० देखि ३०० रूपैयाँसम्म पर्न सक्ने जानकारी दिएका छन् ।

भारतमा कोभिशिल्ड र कोभ्याक्सीन गरी दुई वटा खोप आपत्कालीन प्रयोगमा आउँदैछन् । भारत सरकारले शनिवारदेखि नै यी खोप ३० करोड जनतालाई दिने तयारी गरिसकेको छ । यसका लागि हालसम्म ५४ लाखभन्दा बढी खोप भण्डारण गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालले पहिलो चरणमा भारतसँग २० प्रतिशत नागरिकका लागि खोप सहयोग मागेको छ । माघ पहिलो साता हुने परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको भारतीय भ्रमणले यस सम्बन्धमा छलफल गर्ने सरकारले जनाएको छ । परराष्ट्रमन्त्रीको भारत भ्रमणसँगै नेपाल खोप आउने निर्धारण हुने विश्वास सरोकारवाला निकायको छ ।