काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी जनयुद्ध कुहिएको फर्सी भएको प्रधानमन्त्री ओलीको भनाईप्रति कडा आपत्ति जनाएका छन् ।


ADVERTISEMENT


मंगलबार राजधानीमा आयोजित नेकपा प्रचण्ड–नेपाल समूहको गण्डकी प्रदेश भेलालाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धमा सामेल भएका नेताहरु ओली गुटमा गएको देख्दा आफूलाई लाज लागेको बताए ।


ADVERTISEMENT

# # #


हालै प्रधानमन्त्री ओलीले जनयुद्धलाई कुहिएको फर्सीको संज्ञा दिएका थिए। त्यसप्रति आपत्ति जनाएका प्रचण्डले कार्यकर्तालाई सोधे( तपाईंहरू नै भन्नुहोस् के जनयुद्ध कुहिएको फर्सी हो त ? उनले जनयुद्ध लडेर हाल ओली समूहमा गएका नेकता नेताहरुलाई पनि जनयुद्ध कुहिएको फर्सी नै हो त भन्नै प्रश्न गरेका छन् ।

प्रचण्डले पार्टी विवादका नाममा संसद भंग गरेर प्रधानमन्त्री ओलीले संविधानमाथि आक्रमण गरेको बताए । उनले पार्टीभित्र विवाद हुने र विवाद नभए पार्टी नै नरहने बताए।

‘पार्टी विवादका नाममा संसद भंग गर्ने संविधानमाथि आक्रमण गर्ने काम गर्नुभयो’, प्रचण्डले भने, ‘विवाद नभए पार्टी नै हुँदैन । पार्टीमा विवाद हुनु सामान्य कुरा हो । विवाद हुन छोड्यो भने पार्टी हुँदैन ।’