काठमाडौँ – प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले माघ २ गते देखि सुरु गर्ने गरी प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


प्रतियोगिताको पहिलो खेल माघ २ गते त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच हुनेछ ।


ADVERTISEMENT

# # #


प्रतियोगितामा सात प्रदेशका टिम र तीन विभागीय टोली गरी १० वटा टिमले प्रतिस्पर्धा गर्नेछन् । जसका लागि दुई समहू विभाजन गरिएको छ । समूह ‘ए’मा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल क्लब, गण्डकी प्रदेश, प्रदेश नं. १ र कर्णाली प्रदेश रहेका छन् । यस्तै समूह ‘बी’मा नेपाल पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं. २ र सुदुरपश्चिम प्रदेश रहेका छन् ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन् । प्रतियोगिताको फाइनल खेल माघ १७ गते त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

यस्तो छ खेल तालिका: