काठमाडौँ – महानगरीय प्रहरी परिसर ललितपुरको प्रहरी कन्ट्रोलमा फोन गरी अनावश्यक हैरानी दिएको अभियोगमा एक पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–४ कमल पोखरी बस्ने काभ्रे घर भएका ३८ वर्षीय राम कुमार श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई प्रहरीले मंगलबार दिउँसो नियन्त्रणमा लिएको हो ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार श्रेष्ठले प्रहरी कन्ट्रोलमा फोन गरी रातिसम्ममा ठुलो अपराध गर्ने अनि आफु नि मर्ने भन्दै प्रहरीलाई हैरान पारेका थिए । हैरानी दिएपश्चात तत्काल खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।