काठमाडौँ – पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्मै नेपाल प्रहरीका ३० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको छ । केही जिल्लाका प्रहरी प्रमुख समेत फेर्ने गरी प्रहरी महानिरीक्षकले एसपी सरुवाको निर्णय गरेका हुन् ।


ADVERTISEMENT


सरुवा सूची अनुसार जिल्ला झापामा सानुराम भट्टराईले जिम्मेवारी पाएका छन् । झापामा हाल रहेका एसपी कृष्ण कोइराला महानगरीय अपराध महाशाखा, काठमाडौं बोलाइएको छ ।


ADVERTISEMENT

# # #


जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको जिम्मेवारी एसपी उमाप्रसाद चतुर्वेदीले दिइएको छ ।

यसैगरी माघ महिनादेखि लागू हुने गरी गरिएको सरुवामा केही जिल्लाका प्रहरी प्रमुख पनि बदलिएका छन्।

काभ्रेपलाञ्चोक, धादिङ, बागलुङ, रौतहट, मकवानपुर, धनुषा, पर्सा। सिन्धुली, झापा, बारा लगायतका प्रहरी प्रमुख परिवर्तन भएका छन्।